५ जेष्ठ २०८१, शनिबार
भेरी ग्याँस प्रालि मापदण्ड बिपरीत सञ्चालनमा

डिलर दिंदा पैंसाको चलखेल भएको हुन सक्ने आशंका


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १५:०३

कोहलपुर, बाँके: कोहलपुर ९ भवानियापुर बाँकेमा रहेको भेरी ग्याँस प्रा.लि. मापदण्ड बिपरीत चलाईएको पाईएको छ । गाउ वस्तिदेखि ५ किलोमिटर टाढा ग्याासका बुलेट राखेर काम काज गर्नुपर्नेमा गाउकै बिचमा ६ वटा बुलेटहरु राखि कारोबार गर्दै आएको भेरी ग्याँसका कारण कोहलपुर नगरपालिकाका वडा नं. १५, १४,८ र ९ का बस्तिहरु जोखिममा परेका छन ।

एउटा बुलेट कुनै कारणबस बिस्फोट भए ५ किलोमिटर सम्म असर गर्ने र छेउछाउका वस्ति समेत ध्वस्त हुने भएपछि सुरक्षा संबेदनशिलतालाई मध्य नजर गर्दै वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगिले नगर सभामा समेत कुरा उठाएका थिए । पहिले नै स्विकृती दिई सकेका कारण मापदण्डमा ल्याउन नगर सभाले नै निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने योगिको भनाई रहेको छ ।

डिलर दिंदा मनोमानि

यस कम्पनिले डिलर वितरण गर्दा समेत नियम कानुन मिचेर मापदण्ड बिपरीत डिलरहरु दिने गरेको पाईएको छ । पुराना डिलर भएको स्थानमा नयाँ राख्न दिंदा करीव ३ किलोमिटर टाढा दिनपर्ने डिलर एसोसियसनको बिधानमा स्पष्ट नियम भएपनि ५० मिटरको फरकमा डिलर दिएको पाईएको हो ।

यदि पुराना डिलर भएकै स्थानमा दिनुपर्दा नयाँ पुराना डिलरको एक आपसमा सहमति गराई दिनुपर्नेमा आफनो मनोमानि तरीकाले डिलर वितरण गर्दा पुराना डिलरहरु मर्कामा परेको भन्दै वडा नं १० को कार्यालयमा उजुरी समेत परेको छ ।

कोहलपुर १० हाईस्कुलमा पे्रसिना सप्लायर्सले यस अघि भेरी ग्यासको डिलर लिएर कारोबार गर्दै आएकोमा उस्कै आडमा करिब ५० मिटर छेउमा सन्देश जनरल स्टोरलाई डिलर दिएपछि अहिले दुवै पक्षबिच तनावको स्थिती सिर्जना भएको छ ।

पे्रसिना सप्लायर्सका सञ्चालक सिता कंडेलले आफनो स्वास्थ्य स्थिती देखाउदै उक्त ब्यबसाय गर्न देव कुमारी चन्दलाई बिक्रिनामा पत्र समेत दिएको अबस्थामा अर्को सन्देस सप्लायर्सकी भावना चापागाईलाई दिएपछि विवाद वडा सम्म पुगेको हो ।

आज २३ गते भेरी ग्यास कम्पनि र डिलर एसोसियसनका प्रतिनिधिलाई वडा नं. १० ले वडामा आउन पत्राचार गरेको भएपनि डिलर बितरक राम सुहान यादव समपर्कमा नआएपछि बिबाद झन बल्झिएको स्थानिय लुट बहादुर केसिले कोहलपुर टाईम्सलाई बताएका छन ।

चन्दलाई कंडेलले प्रसिना सप्लायर्स ७ लाखमा बिक्रि गरेकी थिईन । डिलर आफनो नहुने भएपछि बाँकी पैंसा भुक्तानि गर्न नसक्ने भन्दै चन्दले कडेललाई भन्दै आएकाी छिन भने कंडेलले आफनो स्वास्थ्य चेक अप गर्नुपर्ने भएकाले डिलर सहितको ब्यबसाय बिक्रि गरेको बताउदै आएकी छिन । उनले मैले डिलर अरुलाई दिएकै छैन भन्दै ५० मिटर नजिक अर्को डिलर आएकोमा आश्चर्य ब्यक्त गरेकी छिन ।

यस सम्बन्धमा डिलर बितरक राम सुहान यादवलाई फोन सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन । उनी यस मुद्धाबाट भाग्नु, वडाले पत्राचार गरि बोलाउदा वडामा समेत नआएपछि ब्यबसायीहरुले डिलर दिंदा पैंसाको चलखेल भएको हुन सक्ने आशंका गरेका छन ।

Nabintech