५ जेष्ठ २०८१, शनिबार
राप्ति सोनारीले पनि दियो गर्मि बिदा

नरैनापुर र डुडुवा  गाउपालिकाले भने गर्मि बिदा दिएका छैनन


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १७:१८

राप्ती सोनारी : अत्यधिक गर्मीका कारण राप्ती सोनारी गाउँपालिकाले बिद्यालय बन्द गरेको छ । बिद्यालयमा अध्ययन/अध्यापन गर्न गराउन कठिनाई भएको भनि बिद्यालय तथा अभिभावकबाट प्राप्त सूचनाका आधारमा तीन दिनसम्म विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

बर्षे बिदाबाट कट्टी हुने गरी यही जेठ २४ गतेदेखी २६ गते शुक्रबार सम्म तीन दिन विदा गर्न राप्ती सोनारी क्षेत्रका सबै बिद्यालयलाई भनिएको उनले बताए । गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका लगायतका स्थानीय तहले पनि बन्द गरिसकेका छन् ।

यस अघि गर्मिकै कारण भन्दै , खजुरा गाउपालिका, बैजनाथ गाउपालिका, नेपालगञ्ज उप महानगर पालिका, कोहलपुर नगरपालिकाले पनि गर्मि बिदा दिईसकेका छन भने नरैनापुर र डुडुवा  गाउपालिकाले भने गर्मि बिदा दिएका छैनन ।

Nabintech