५ जेष्ठ २०८१, शनिबार
कलाकार ‘बल्छी धुर्वे’सहित पक्राउ परेका आठ जना काे–काे हुन् ?

  • टाइम्स संवाददाता

  • ३२ जेष्ठ २०८०, बिहीबार १३:१९

काठमाडौँ :प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार ‘बल्छी धुर्वे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, राजु मास्टरले चिनिएका राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडालगायतलाई पक्राउ गरेकाे हाे ।

उनीहरूसँगै अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, ढुेडु बुढोले चिनिएका सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिएका बेगम नेपाली पनि पक्राउ परेका छन् ।

उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको छ । प्रहरीले बुधबार वानएक्स बेट सञ्चानल गर्ने दिनेश खड्कासहित पाँच जनालाई प्रकाउ गरेको थियो । सोही अप्रेशनको निरन्तरता दिँदै प्रहरीले कलाकारलाई समेत पक्राउ गरेको हो ।

Nabintech