१७ बैशाख २०८१, सोमबार
उपभोक्ताको समस्या पहिचान गर्दै साझा समावेशी प्यानल

“ खानेपानी उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता”


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०८०, मंगलवार ०९:५७

बाँके,कोहलपुर: कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका छन । खानेपानी संस्थाभित्र आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्धा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन ।

मङ्गलबार बिहान कोहलपुर वडा नं १२ चपरगौडिका उपभोक्ताहरु माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफनो नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानल लाई मतदान गर्न आग्रह गरेका छन् । साझा समावेशी प्यानल “ खानेपानी उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा उत्रिएको छ ।

प्यानलका अध्यक्षका पदका उम्मेदवार रुद्र खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने आर्थिक बिपन्न भएका घरपरिवारलाई सौलियत र सहज रुपमा शुद्द पिउने पानीको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन ।

यस्तै चपरगौडिका खानेपानी प्रयोग गर्ने उपभोक्ताहरुले खानेपानीमा भएको चरम लापरबाहीले गर्दा आफुहरुमा मात्र नभएर सम्पुर्ण कोहलपुरको जनमासमा असन्तुष्टि पैदा गरेको जनाएका छन् । उनिहरुले उपभोक्ताहरूले जडान गरेका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै साझा समावेशी प्यानलको नेतृत्व भएमा खानेपानीमा भएको चरम लापरबाही र बेथितिको बिरुद्द आवाज उठ्ने बिश्वास व्यक्त गरेका छ्न।

Nabintech