१७ बैशाख २०८१, सोमबार
सुल्झियो कोहलपुरका १६ स्वास्थ्यकर्मीको समस्या

  • टाइम्स संवाददाता

  • १० श्रावण २०८०, बुधबार १०:०८

कोहलपुर, बाँके:स्वास्थ्य मन्त्रालयको काजका कर्मचारी फिता गर्ने बारेको २०८० असार २५ को पत्रलाई आधारमानी कोहलपुर नगरपालिका नगरकार्यपालिकाको २०८० असार ३० को बैठकले दरबन्दी भन्दा बढी रहेका १६ जना स्वास्थ्यकर्मी फिर्ता गर्ने भनि गरेको निर्णयलाई कार्यान्वायनमा नल्याउने भएको छ ।

स्थानीय तहहरुले स्वास्थ्य मन्त्रालयको उक्त पत्रको गलत ब्याख्या गरि समायोजन वा समायोजन मिलान भएका कर्मचारी फिर्ता गर्नु गलत भएको भन्दै उक्त कार्य रोकेर तत तत स्थानीय तहमा नै समायोजन भएका कर्मचारी ब्यबस्थापन गर्नु भनी २०८० साउन २ मा ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेपछि पत्रमा केही अस्पष्ठता रहेको भनी स्थानीय तहहरुलाई कार्यन्वयन गर्न गाह्रो भएको थियो ।

बिधमान अस्पष्ठतालाई स्पष्ट पार्दै २०८० साउन ८मा स्वास्थ्य मन्त्रालयले पत्राचार गरेसगै कोहलपुर नगरपालिकाको १६ स्वास्थ्यकर्मीको समस्या पनि सुल्झिएको छ।

केही समयका लागि तलब आउन ढिलो भएपनि सेवा प्रबाहमा कुनै अवरोध नगर्ने प्रतिबद्धता स्वास्थ्यकर्मीले ब्यक्त गरेका छ्न भने छिटोभन्दा छिटो दरबन्दी सृजना गरि दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीको ब्यबस्थापन गर्नुका साथै बाँकी रिक्त हुने पदहरुमा कोहलपुरमा स्थायी बसोबास भई बाहिर बसिरहेका स्वास्थ्यकर्मीलाई बिना कुनै भेदभाव निष्पक्ष रुपमा अनुमती दिई कोहलपुरमा नै रहेका स्वास्थ्य संस्थाहरुमा सेवागर्ने वातावरण मिलाउने प्रतिबद्धता नगर प्रमुख पुर्ण प्रसाद आचार्यले व्यक्त गरेका छ्न ।

यस जिम्मेवारपुर्ण कदमले नगरप्रमुखको कद बढाएको भन्दै स्वास्थ्यकर्मि लगाएत सरोकारवाला सबैले प्रसंशा गरेका छन । यस संगै कोहलपुरमा गत बर्षदेखि स्वास्थ्यकर्मिहरुले झेल्दै आएको फाजिल शब्दबाट मुक्त हुने विश्वास लिईएको छ ।

Nabintech