१७ बैशाख २०८१, सोमबार
लोकतान्त्रिक प्यानलले भन्यो खानेपानीको समस्या समाधान गर्छौं

  • टाइम्स संवाददाता

  • १० श्रावण २०८०, बुधबार ११:१६

कोहलपुर, बांके: बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ मा बुधबार खानेपानी उपभोक्ताहरुसँग भेटघाट गर्दै लोकतान्त्रिक प्यानलका उम्मेद्वाहरुले कोहलपुरको खानेपानी सम्बन्धी दीर्घकालिन समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायण भुषालले कोहलपुरमा भूमिगत खानेपानीको मुहानका श्रोत विस्तारै कम हुँदै गईरहेको र कोहलपुरको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ११ का जनतालाई नियमति रुपमा स्वच्छ र प्रशोधित खानेपानी उपलब्ध गराउने विशेष योजनाका साथ आफ्नो टिम काम गर्ने बताएका छन् ।
साथै कोहलपुर खानेपानी संस्थाको विकास र समृद्धिका लागि स्पष्ट कार्ययोजना सहितको नेतृत्व आवश्यकता परेको बताउँदै लोकतान्त्रिक प्यालनका उम्मेद्वारहरुले खानेपानी संस्थालाई पारदर्शि, जवाफदेहि बनाउने उद्देश्यलाई विश्वास  लोकतान्त्रिक प्यालनबाट उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्टले बताएका छन् ।

संस्थालाई आर्थिक रुपमा पारदर्शि बनाउनुका साथै जनतालाई स्वच्छ र स–शूल्क पानी उपलब्ध गराउने संकल्प सहित उपभोक्ता सदस्यमा बिचमा आएको लोकतान्त्रिक प्यालनबाट कोषाध्यक्ष पदका उम्मेद्वार ध्रुब आचार्यले बताएका छन् ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायषण भुषालको चुनाब चिन्ह (बस), उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्ट (टेबुल पंखा), सचिव पदका उम्मेद्वार गोविन्द वाग्ले (मोटरसाइकल), कोषाध्यक्ष पदका उम्मेद्वार धुर्ब आचार्य(कित्ली), सह–सचिव पदका उम्मेद्वार बाल कुमारी सापकोटा (आँप), सह–कोषाध्यक्ष पदका उम्मेद्वार इश्वर प्रश्साद शर्मा(हेलिकप्टर) चुनाब चिन्ह रहेको छ ।

यसैगरि सदस्य पदका उम्मेद्वारहरु झग्गु प्रसाद वलीको चुनाब चिन्ह (कोदालो), चक्रदिप शाह(कैचि), आशा घर्ती मगर (प्रेसर कुकर), महिला सदस्य पदका उम्मेद्वारहरु दिपा बस्नेत (टेबुल), टिकादेवि सुनार (बाघ) रहेका छन् ।

Nabintech