१७ बैशाख २०८१, सोमबार
नेपाली काङ्ग्रेसको कारबाहिमा परे कोहलपुर खानेपानीका पुर्व अध्यक्ष मल्ल

सिनो काँधमा बोकेर अदालत , अख्तियारमा मुद्धा खेपिरहेका ब्यक्तिहरु साथमा लिएर केहि पार्टिका नेताहरु रमाईरहेका छन


  • टाइम्स संवाददाता

  • १० श्रावण २०८०, बुधबार १७:३६

कोहलपुर,बाँके: नेपाली काङ्ग्रेस अनुशासन समिती बाँकेले कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आफनो पार्टिका तर्फबाट उम्मेदवारी दिएका पदाधिकारीहरुलाई असहयोग गरेको भन्दै नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य एबं क्षेत्रिय प्रतिनिधि, नेपाली काङ्ग्रेसका पुर्व क्षेत्रिय समिति सभापति नर बहादुर मल्ललाई नेपाली काङ्ग्रेस पार्टिको बिधान २०१७ को परिच्छेद ९ को धारा ३४उपधारा ४ क बमोजिम पार्टिको साधारण सदस्य समेत नरहने गरि ५ बर्षकालागि कारबाहि गरेको छ ।

नेपाली काङ्ग्रेसद्धारा बनाईएका आधिकारीक उम्मेदवारका बिरुद्धरहि उम्मेदवारलाई असहयोग गर्दै अन्य पार्टिका उम्मेदवारलाई बिजय गराउन प्रचार प्रसारमा लागेकाले कारबाहि गरिएको नेपाली काङ्ग्रेस बाँके अनुशासन समितीका संयोजक टंक प्रसाद काफ्ले आषिशद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस नगर समितीले आजै बुधवार मात्र पत्रकार भेटघाटको आयोजना गर्दै कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वतमान अध्यक्ष नर बहादुर मल्ललाई संस्थाको सम्पत्ति हिनामिना आरोप प्रतिवेदनमा आएकोले सो सम्वन्धमा चित्त बुझदो स्पष्टिकरण पेश नगरी उल्टै पार्टिका बिरुद्ध लागेकाले निजलाई कारबाहि गरेको जनाएको छ ।

यसैगरि नेपाली काङ्ग्रेसले कोहलपुर वडा नं. ५ का निर्वतमान अध्यक्ष विष्णु प्रसाद तिवारीले पार्टि बिरुद्ध उम्मेदवारी दिएको भन्दै तिवारीलाई पनि ५ बर्षकालागि साधारण सदस्यता समेत नरहने गरि कारबाहि गरेको छ भने शिक्षक संघका सदस्य एबं नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य हरी प्रसाद अधिकारीलाई समेत सोहि प्रकृती बमोजिम कारबाहि गरिएको जनाईएको छ ।

नेपाली काङ्ग्रेसका महासमिती सदस्य तथा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले खानेपानी र नगरकालागि उपयुक्त पात्रहरुको छनौट पार्टिले गरेको भन्दै फरक ढंगबाट गएमा फेरी पनि उपभोक्ताहरुले सास्ति भोग्नुपर्नेमा दुई मत नरहेको जिकिर गरे ।
उनले मेरो परिप्रेक्षमा पार्टि पहिलो हो नगर प्रमुख त म पार्टिकै बफादार सिपाहि भएर पाएको पद भएको उल्लेख गर्दै यस अघिको सरकार र बर्तमान सरकारसंग खानेपानीले कुनै समन्वय नगरेको समेत चर्चा गरे । सिनो काँधमा बोकेर अदालत , अख्तियारमा मुद्धा खेपिरहेका ब्यक्तिहरु साथमा लिएर केहि पार्टिका नेताहरु रमाईरहेको भन्दै अहिले सुवासित ठानियका तिनै ब्यक्तिहरु फेरी पनि गनाउनेछन समयमै आम उपभोक्ता सचेत भई मतदान गर्ने बेला आएको बताए ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले पार्टिको हित बिपरीत रहेर काम गर्ने, काम गर्ने क्रममा संस्थामा आँच आउने कार्य गरेर पार्टि पद्धतीलाई समेत बदनाम हुने काम गर्नेहरु नेपाली काङ्ग्रेसमा अटाउन नसक्ने भन्दै सिनो समान गन्ध आउनेहरुलाई काँधमा बोकेर चुनावी मोर्चामा उत्रिएकाहरुबाट शुसासन, विकास र समृद्धिको अपेक्षा गर्न नसकिने बताए ।

उनले अहिले पार्टिले खडा गरेका उम्मेदवारहरुबाट आर्थिक पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार रहित शून्य सहनशिलता र असल शासनको पहरेदारका रुपमा टेक नारायण भुसाल नेतृत्वको टिमलाई पार्टिले चुनावी मैदानमा उतारेका चर्चा गर्दै कोहलपुरमा खानेपानीको दिगो समाधानका लागि अमुल्य मतदान गर्न आम उपभोक्ताहरुसंग आब्हान समेत गरे ।

नेपाली काङ्ग्रेसले आफनो पार्टिका तर्फबाट उम्मेदवारी दिएका पदाधिकारीहरु बिच संस्थापन र संस्थापन ईतर गुठ उपगुठको राजनिती खानेपानीको चुनावमा उठेको छकि भन्ने प्रश्नमा नेता गौडेलले गुठ उपगुठका नाममा उम्मेदवारी घोषणा नगरिएको समेत प्रष्ट पारे ।

नेपाली काङ्ग्रेसका नगर सभापति वीरेन्द्र कुमार शाहले प्रेस नोट बाचन गर्दै नेपाली काङ्ग्रेसकै पहल कदममा सातवटा सर्वदलिय सर्वपक्षिय बैठक आब्हान गरि संसथाको आठौं साधारण सभा सम्पन्न गर्न योगदान गरेको बताए ।

संस्थाभित्र देखिएको आर्थिक अपचलनको प्रतिबेदन समेत नेपाली काङ्ग्रेस कै नेतृत्वमा छानविन भई सार्वजनिक गरिएको,भेरी बबई डाईभर्सनको पानीलाई चिसापानी सम्म सुरुङमार्ग मार्फत निकाल्न नेपाली काङ्ग्रेसकै पहलमा कोहलपुर नगरपालिकाको १३ औं बार्षिक नगर अधिबेशनबाट पारीत गरिएको जस्ता प्रशंसनिय कार्यहरु गरेको भन्दै समाजमा स्वच्छ, ईमान्दार, बौद्धिक, प्रतिष्ठित, योग्य एबम् हाल सम्म कुनै संघ संस्थामा रहदा दाग नलागेको सक्षम युवाहरुलाई बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा उम्मेदवार बनाएको दावि समेत प्रस्तुत गरेका थिए ।

प्रेस मिट बाँके क्षेत्र नं. १ का सभापति पोषण केसि, बाँके १ ख का सभापति बलराम शर्मा, क्षेत्रिय सदस्य उमेश उप्रती, प्रदेश ख सचिव लिल बहादुर राना, कोहलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष चण्डि प्रसाद गैरे, जिल्ला सचिव टंक प्रसाद काफले, सदस्य निम बहादुर चलाउने लगाएत नेता कार्यकर्ताहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायषण भुषाल (बस), उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्ट (टेबुल पंखा), सचिव पदका उम्मेद्वार गोविन्द वाग्ले (मोटरसाइकल), कोषाध्यक्ष पदका उम्मेद्वार धुर्ब आचार्य(कित्ली), सह–सचिव पदका उम्मेद्वार बाल कुमारी सापकोटा (आँप), सह–कोषाध्यक्ष पदका उम्मेद्वार इश्वर प्रश्साद शर्मा(हेलिकप्टर), सदस्य पदका उम्मेद्वारहरु झग्गु प्रसाद वली (कोदालो), चक्रदिप शाह(कैचि), आशा घर्ती मगर (प्रेसर कुकर), महिला सदस्य पदका उम्मेद्वारहरु दिपा बस्नेत (टेबुल), टिकादेवि सुनार (बाघ) रहेका छन् ।

यस बिषयमा निर्वतमान अध्यक्ष नर बहादुर मल्लसंग बुझदा नेपाली काङ्ग्रेसले आफनो ८० बर्षको उमेर सम्म नेपाली काङ्ग्रेस पार्टिप्रति आफुले देखाएको त्याग निष्ठा र ईमान्दारीतालाई उच्च सम्मान गरेको भन्दै सम्मान गर्ने तह तप्कालाई धन्यबाद ज्ञापन गरेका छन ।

Nabintech