१६ बैशाख २०८१, आईतवार
खानेपानीको समस्या समाधानका लागि हर्क साम्पाङ बनेर देखाउछु :खनाल

कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थामा अध्यक्ष पदका उम्मेदवार युवा रुद्र खनाल अङ्गुर देखि घडि चुनाव चिन्हमा मतदान किन ?


  • टाइम्स संवाददाता

  • १० श्रावण २०८०, बुधबार १८:४८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न चुनावमा शाझा समाबेसि प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासि  रुद्र प्रसाद खनालले कोहलपुरमा रहेको खानेपानी समस्या समाधानका लागि आफु धरानका मेयर हर्क साम्पाङ जस्तै निश्वार्थ, पारीश्रमिक बिना फिल्डमा खटेर आफै पानीका पायप तान्दै भेरी बबईको पानी कोहलपुरमा झारेरै देखाउने बताएका छन ।

पानीको समस्याका कारण काकाकुल बनेको धरानमा अहिले हर्क साम्पाङकै पहलमा सयौं कोष टाढाबाट पानीको मुहान नै धरान बजार आईपुगेको औंल्याउदै मान्छेले आटेमा जुनसुकै काम पनि गर्न सकिने धारणा राखेका हुन ।

आज बुधवार पत्रकारहरुसंग कुराकानि गर्दै अध्यक्षका उम्मेदवार खनालले आफुले राजनैतिक क्यारियर समेत यहि खानेपानीबाट शुरु गर्ने सपना देखेको बताउदै भोलिको नगर प्रमुखको आफनो जग नै खानेपानी भएकाले जनताको आाखाको नानी बन्न पनि आफुले भ्रष्टाचारलाई शुन्यमा झारेरै देखाउने बताए ।

खानेपानी संस्था आफैमा नराम्रो र आफैमा भ्रष्ट नभएको तर त्यहा रहेका पात्र र प्रबृत्तीले त्यस संस्थालाई आम उपभोक्तामाझ भ्रष्टहरुको अखडाको रुपमा चिन्ने गरेको परिप्रक्षेमा आफु विजयी भए ४ बर्षको अबधिमा खानेपानी संस्थालाई क्लिन चिट दिन सक्ने सार्मथ्य आफुसंग रहेको जिकिर गरे ।

कम्निष्ट  राजनितीबाट आफनो राजनैतिक यात्रा शुभारम्भ गरेका खनाल राजनिती बिना समाज अलग रहन नसक्ने भन्दै राजनितीमा निष्टा त्याग बलिदान र सहनशिलता देखाउनै पर्ने स्कुलिङबाट आफु हुर्केको भन्दै नेकपा एमालेको किसान महासंघको केन्द्रिय सदस्य,यवा किसान महासंघको केन्द्रिय सचिव, पार्टिको क्षेत्रिय सचिव हुदै जिल्ला सदस्य पदमा रहेर निस्ठाको राजनिति गरेको र पार्टिप्रति बफादार रहेकै कारण पार्टिले आफुलाई अधयक्ष पदका लागि अवसर दिएकाले पनि अझ आफनो राजनैतिक करियर माथि उकास्न पनि खानेपानीको अभियानलाई सफलिभुत पार्ने जिम्मेवारी आफनो काँधमा आएको महशुस भएको जिकिर गरेका छन ।

कोहलपुरमा मल्टि विकास निर्माणको थालनि आज सम्म नभएका कारण पनि लागत धेरै हुन जाने पारीपाटिले समेत खानेपानीलाई महंगाईमा पार्ने गरेको भन्दै उनले अबका दिनहरुमा मल्टि विकासलाई समेत ध्यान दिएर कम लागतमा बढि भन्दा बढि काम गर्ने आफनो सोच रहेको बताएका खनालले आफुलाई आर्थिक लोभ लालच नभएको कुरामा ढुक्क हुन आम मतदाताहरुलाई अनुरोध गरेका छन भने उनले मतदान हैन आफुलाई एक पटक मन दान दिएर हेर्न अनुरोध गरेका छन ।

आफ्ना केहि  खानेपानी सम्बन्धि प्रतिबद्धताका बुंदाहरु यस्ता रहेको उनले फिरिहिस्त समेत दिन भ्याएका छ्न ।

कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थामा अध्यक्ष पदका उम्मेदवार युवा रुद्र खनाल अङ्गुर देखि घडि चुनाव चिन्हमा मतदान किन ?
१. संस्थामा सुशासन कायम गर्न,
२. YID youth in development युवा बिकासमा अर्थात युवालाई बिकासमा जोडन,
३. check and balance र प्रतिस्पर्धाको नीति व्यबहारमा अवलम्बन गर्न,
४. खानेपानीको पाइपलाइन बिस्तार भएको ठाउमा पहिलो प्राथमिकता राखी गुणस्तर खानेपानी पुर्याउन,
५. पाइपलाइन पुगेको ठाउमा खानेपानी पूरा भएपछि मात्र अन्य ठाउँ मा पाइपलाइन बिस्तार गर्ने र पहिले नै रकम असुली गरि भत्ता खाने प्रवृत्तिको अन्त्य गर्न,
६. अहिले कोहलपुर कन्कृटको रुपमा रुपान्तरण हुदैछ र अत्याधिक सम्मरसेल नलधाराको प्रयोग भइरहेको छ जस्को कारण भुमिगत पानी अभाव भएको छ यसलाई न्यूनीकरण गर्न खाली जमिन घर अगाडि राख्न र बृक्षारोपण गरि भुमिगत पानीको संरक्षण गर्न
७. बिकासका पुर्बाधार निर्माण गर्दा सम्बन्धि निकायसङ्ग सम्पर्क सम्वन्य र सहभागिता गराउन,
८. उपभोक्ता र संस्थाप्रती उत्तरदायी र जवाफदेही हुन,
९. संस्थाको क्षमता अभिवृद्धि गर्न,
१०. दिगो बिकासको मान्यता कार्यान्वयन गर्न,
११. पारदर्शीता प्रबन्ध गर्न,
१२. सेवा प्रबाहमा सरल सहज र उपभोक्ता को मुहारमा खुशी ल्याउन र feedback बाट आएका सुझावलाई आत्मसात गरिनेछ,
१४. iT प्रबिधिको प्रयोग गर्न,
१५. खानेपानीको दिगो समाधान गर्न बैज्ञनिक र बैकल्पिक उपायको विधि खोजी गरि खानेपानीको आपूर्ति पूरा गर्न,
१६. सबैको अर्थपूर्ण सहभागिता गराउन,
१७. सार्बजनिक क्षेत्रमा खानेपानीको धारा जडान गर्न,
१८. संस्थाको क्षमता अभिवृद्धि गर्दै खानेपानीको पाइपलाइन बिस्तार गर्न,
१९. नेपाल सरकारले खानेपानीमा लिएको निती तथा कार्यक्रम र योजना कार्यान्वयन गर्न,
२०.तिनै तहको सरकारसङ्ग सहकार्य समन्वय र सहभागिता गराउन
२१. पर्याप्त र गुणस्तर खानेपानी कोहलपुर नगर का नागरिकको स्वस्थ र सुन्दर जिन्दगानी भन्ने नारालाई व्यबहारमा लागू गर्न ।

Nabintech