१ जेष्ठ २०८१, मंगलवार
आज कोहलपुर खानेपानीको निर्वाचन नागरिक पहिचान पत्रबाट पनि मतदान गर्न पाउने

तिन समुह बिच कडा प्रतिस्पर्धा,दलहरुले प्रतिष्ठाको लडाईका रुपमा लिंदै


  • प्रमोद रिजाल

  • १२ श्रावण २०८०, शुक्रबार ०६:०२

कोहलपुर: कोहलपुर नगरपालिकामा रहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अहिले बिहान सात बजेदेखि बेलुका ५ बजे सम्म हुने भएको छ ।

मतदान गर्नका लागि मतदाता नामावलीमा नाम भएका उपभोक्ताहरुले आफनो पहिचान दिने नागरिकता, लाईसेन्स, लालपुर्जा,राहदानी, राष्टिय परिचय पत्र वा खानेपानीको असार मसान्त सम्म बुझाएको सक्कल बिल एबं खानेपानीको उपभोक्ता परिचय पत्र मध्य एक भएपनि मतदान गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोहलपुर ११ मा रहेको भेरी शित भण्डारमा हुने निर्वाचन कार्यक्रमले ८ बर्षपछि नयाँ नेतृत्व चयण गर्नेछ । ५ बजे मतदान सम्पन्न भई सकेपछि मुचुल्का सहित सर्बपक्षिय भेला सहित मत काउन्ट समेत आजै हुनेछ भने मतपरिणाम मध्य राति १२ बजे सम्म आई सक्नेछ ।

नेपाली कांग्रेसले टेक नारायण भुषालको नेतृत्वमा लोकतान्त्रिक प्यानलको घोषणा गर्दै निर्वाचनमा आफना उम्मेदवारहरुको घोषणा गरेकने छ भने साझा समाबेशि रुद्र प्रसाद खनालको नेतृत्वलाई नेकपा एमाले, नेकपा माओबादी, नेकपा एकिकृत समाजबादी र राप्रपाले सर्मथन गर्दै उम्मेदवारहरु चुनावी मैदानमा पठाएको छ यसै गरि रास्वपा र नागरिक उन्मुक्ति पार्टिको सर्मथनमा बिष्णु प्रसाद तिवारीको नेतृत्वमा समावेशि स्वतन्त्र प्यानल खडा गरि निर्वाचनमा उम्मेदवारहरु होमिएका छन । तिनै समुह बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने दलहरुले यो चुनावलाई प्रतिष्ठाको लडाईका रुपमा लिएको राजनैतिक बिश्लेषकहरुले अनुमान लगाएका छन ।

टेक नारायण भुषालको नेतृत्वमा अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह छन् ।

त्यसैगरि साझा समाबेशि प्यानलका तर्फबाट अध्यक्षमा रुद्र प्रसाद खनाल,उपाध्यक्ष यम बहादुर रावत,सचीव रामकृष्ण पान्डे,सह सचिव यशोदा थापा, कोषाध्यक्ष नारायणी वलि,सह कोषाध्यक्ष रेशम सापकोटा,खुल्ला सदस्यहरुमा केशवराज पोख्रेल,दुर्गा प्रसाद काफ्ले चन्द्र ब.जिसि,महिला सदस्य अन्जना सुनार र मेनुका न्यौपाने छन् ।

समावेशि स्वतन्त्रतर्फबाट अध्यक्षमा बिष्णु प्रसाद तिवारी, उपाध्यक्ष मोहन प्रसाद चापागाई, सचिव संजय मण्डल, कोषाध्यक्ष शिबराज पोख्रेल, सह कोषाध्यक्ष अमृत बहादुर श्रेष्ठ र सदस्यहरुमा कमल प्रसाद खनाल, जित बहादुर चौधरी, कासिराम घिमिरे र खिमसरा बिरकट्टा रहेका छन ।

अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट टेक नारायण भुषाल साझा समाबेशि प्यानलबाट रुद्र प्रसाद खनाल र समावेशि स्वतन्त्र प्यानलबाट बिष्णु प्रसाद तिवारीबिच प्रतिस्पर्धा हुनेछ । यसैगरि उपाध्यक्ष पदका लागि ४ जनाबिच प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलको तर्फबाट बिर बहादु बिष्ट, साझा समाबेशि प्यानलको तर्फबाट यम बहादुर रावत क्षेत्रि, समावेशि स्वतन्त्र प्यानलको तर्फबाट मोहन प्रसाद शर्मा र एक स्वतन्त्र कुन्तिदेबि शर्मा बिच प्रतिस्पर्धा हनेछ ।

यसैगरि सचिव पदका लागि लोकतान्त्रिक प्यानलको तर्फबाट गोबिन्द वाग्ले, साझा समाबेशि प्यानलको तर्फबाट रामकृष्ण पाण्डे र समावेशि स्वतन्त्र प्यानलको तर्फबाट संजय मण्डल बिच कडा प्रतिस्पर्धा रहनेछ ।

कोषाध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलको तर्फबाट धुर्ब आचार्य, साझा समाबेशि प्यानलको तर्फबाट नारायणी वलि र समावेशि स्वतन्त्र प्यानलको तर्फबाट शिबराज पोख्रेल बिच रोचक प्रतिस्पर्धा रहनेछ ।

सह सचिव पदका लागि भने २ जना बिच कडा टक्कर हुने देखिएको छ । सह सचिवमा लोकतान्त्रिक प्यानलको तर्फबाट बाल कुमारी सापकोटा र साझा समाबेशि प्यानलको तर्फबाट यशोदा थापाको मात्र उम्मेदवारी परेपछि उनीहरुबिच कडा टक्कर हुने भएको हो ।
सह कोषाध्यक्ष पदमा भने त्रिकोनात्मक प्रतिस्पर्धा हुने भएको छ । सह कोषाध्यक्षका लागि लोकतान्त्रिक प्यानलको तर्फबाट ईश्वर प्रसाद शर्मा, साझा समाबेशि प्यानलको तर्फबाट रेशमलाल सापकोटा र समावेशि स्वतन्त्र प्यानलको तर्फबाट अमृत बहादुर श्रेष्ठबिच प्रतिस्पर्धा रहनेछ ।

खुल्ला सदस्य पदका लागि नौ जना बिच प्रतिस्पर्धा हुनेछ । तीन जना छनौटका लागि हुने खुल्ला सदस्य पदमा लोकतान्त्रिक प्यानलका तर्फबाट झग्गु प्रसाद वलि, चक्र दिप शाहि र आशा घर्ति मगरले आफनो मनोनयन पेश गरेका छन भने साझा समाबेशि प्यानलको तर्फबाट केशबराज पोख्रल,दुर्गा प्रसाद काफ्ले,र चन्द्र बहादुर जिसिले आफनो उम्मेदवारी पेश गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । यसैगरि समावेशि स्वतन्त्र प्यानलको तर्फबाट काशिराम घिमिरे,जीत बहादुर चौधरी र कमल प्रसाद खनालले आफनो उम्मेदवारी कायम गराएका छन ।
खुल्ला महिलाका तर्फबाट लोकतान्त्रिक प्यानलबाट दिपा बस्नेत र टिकादेबी सुनार साझा समाबेशि प्यानलबाट अन्जना सुनार र मेनका न्यौपाने समावेशि स्वतन्त्र प्यानलबाट खिमसरा बिरकट्टाले आफनो उम्मेदवारी पेश गरेका छन ।

श्राबण १२ गते हुने निर्वाचनमा खानेपानी धारा जडान गरेका सदस्यहरुले आफनो बार्ड सहित मतदानमा भाग लिन पाउने छन ।
अध्यक्ष पदमा टेक नारायण भुषाल, रुद्र खनाल र बिष्णु प्रसाद तिवारी कोहलपुरकै प्रतिष्टित ब्यक्तित्वको रुपमा आफनो पहिचान बनाउन सफल उम्मेदवार हुन । भुषाल नेपाली काङ्ग्रेसका लुम्विनी प्रदेश सदस्य र नेबिसंघका जिल्ला अध्यक्ष भई सकेका ब्यक्ति हुन भने खनाल नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं युवा संघका पुर्व केन्द्रिय सदस्य रहेर कार्य गरिसकेका ब्यक्ति हुन ।

भुषाल सिंगल पार्टिबाट चुनावि प्रर्तिस्पर्धामा छन भने खनाललाई एमाले, माओबादि, राप्रपा र एकिकृत समाजबादिको सर्मथन रहेको छ । यसै गरि बिष्णु प्रसाद तिवारी यस अघि कोहलपुर वडा नं. ५ का वडा अध्यक्ष भईसकेका ब्यक्ति हुन भने खानेपानीको चुनावमा रास्वपा र नागरिक उन्मुक्ति पार्टिको अघोषित सहयोगमा चुनावी मोर्चामा रहेका छन ।

यसरी हेर्दा टेक नाराण भुषालको प्यानलले नेपाली काङ्ग्रेसको सहयोग सर्मथन पाउने छ भने रुद्र खनालको प्यानलले एमाले, माओबादि, राप्रपा र एकिकृत समाजबादिको सहयोग र सर्मथन पाउने छ । यसै गरि स्वतन्त्र प्यानलले स्वतन्त्र नागरिक, नागरिक उन्मुक्ति र रास्वपाको साथ र सर्मथन पाउने छ । आ आफनो पकड र सर्मथन पाएपछि आ आफनो प्यानको जित हुने प्यानल सर्मथकहरुले आ आफनो जित सुनिश्चित भएको दावि गर्दै आएका छन ।

Nabintech