१ जेष्ठ २०८१, मंगलवार
खानेपानी चुनाव: १:५० बजे सम्म २०५५ मत खस्यो, फर्जि मत समेत खस्दै

काङग्रेस नगर सभापति शाह र युवासंघका केन्द्रिय सचिव शर्माबिच भनाभन


  • टाइम्स संवाददाता

  • १२ श्रावण २०८०, शुक्रबार १२:४२

कोहलपुर,बाँके:निर्धारित समय भन्दा १ घण्टा ढिला गरि शुरु भएको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मध्यान्न पौने दुइ बजे सम्म दुइ हजार अन्ठाउन्न मत खसेको निर्वाचन श्रोतले बताएको छ ।

विहान ८ बजेर १५ मिनेटदेखि सुरु भएको मतदान कार्यक्रम ७ बजेदेखि शुरु हुने भन्ने कार्यतालिका भएपनि मतदान स्थल निर्माणको काम समयमै नभएकाले एक घण्टा पन्ध्र मिनेट ढिला भएको थियो ।

नेपाली काङग्रेसको लोकतान्त्रिक प्यानल नेकपा एमाले, माओबादी, एकिकृत समाजवादी र राप्रपाको साझा समाबेशि प्यानल र समाबेशि स्वतन्त्र प्यानलका उम्मेदवारहरु निवार्चनमा होमिएका छन् ।

मध्यान्न सम्म निर्वाचन शान्तिपुर्ण तरिकाले भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन एक उपभोक्ता संस्थाको निर्वाचन भएपनि स्थानिय प्रतिनिधिहरुको चुनाव जस्तै पार्टिका नेता कार्यकर्ताहरु भोट खसाल्न आएका उपभोक्ताहरुलाई बसमा सह चालकले ताने जस्तै तानातान गरेको माहोल हेर्न लाएक रहेको स्वतन्त्रबाट सचिव पदका उम्मेदवार संजय मण्डलले बताएका छन ।

नेपाली काङग्रेसका नगर सभापति विरेन्द्र प्रसाद शाहको सक्रियताले चुनावी माहोललाई बेला बेला सरगर्मि बढाएको छ । उनले एक बयोबृद्धलाई आफन्त भनि निर्वाचन स्थलमा जान खोज्ने एक युवतीको पक्षमा वकालत गरेपछि (गठबन्धन)युवा संघका केन्द्रिय सचिव खेम शर्मा र नगर सभापति शाहबिच भनाभनको स्थिती पैदा भएको थियो । शाहले गठबन्धन उम्मेदवारका प्रतिनिधि यम डि कंडेललाई तपाई पनि बाहिर जानोस भनेपछि कंडेलले म बाहिर जाने भए तपाई पनि बाहिर जानोस भन्दै प्रतिबाद गरेपछि चुनावी माहोल तरंगित भएको थियो ।

म र तपाई एकै हो भन्दै शाहले आक्रोशित हुदै बोलेपछि बाद बिबादमा शाह र कंडेल उत्रिएपछि प्रहरीहरु समेत केन्द्रिकृत भएका थिए भने निर्वाचन अधिकृत टिकाराम ढकाल आएर सम्बन्धित पार्टिका २, २ प्रतिनिधिहरुलाई मात्र भित्र प्रबेशमा स्विकृत दिने र निर्वाचन बुथमा एक पार्टि एक प्रतिनिधि भन्ने सहमति भएपछि समस्या तत्कालका लागि सहमतीमा परिणत भएको थियो ।

दलहरुको जुंगाको लडाई र प्रतिष्ठाको रुपमा हेरीएको चुनावमा भोट हाल्न आउदा फोटो सहितको खानेपानीको परिचय पत्र बाहेक अन्य परिचय कार्डले समेत भोट हाल्न पाउने भएपछि सम्बन्धित ब्यक्तिको जुनसुकै परिचय पत्र ल्याएर आउने जो कोहिले पनि फर्जि मत हाल्न सक्ने स्थिती देखिएको छ भने निर्वाचन धाधली रहित हुनेमा समेत आशंका उब्जिएको छ । कोहलपुर १२ का २ जना ब्यक्त्तिकोअरु ब्यक्तिले मतदान गरेपछि थप धाधलि हुने संकेत भए पछि उम्मेदवारहरु शशंकित भएका छ्न । निज पिडितहरुलाई तिन बजेपछि सक्कलि नागरिकता र खानेपानी कार्ड सहित मतदान गर्न दिने बताइएको छ ।  खानेपानीमा जम्मा मतदाता ५१७२ जना छन भने निर्वाचन कार्यक्रम साँझ ५ बजे सम्म चल्नेछ ।

Nabintech