१ जेष्ठ २०८१, मंगलवार
नमुना बिद्या सदनको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

पढदै गर्दा चन्चल मनलाई कन्ट्रोल गर्नुपर्ने, संगतले समेत पार्ने प्रभावहरुलाई सुक्ष्म रुपले बुझनुपर्नेमा बिद्यार्थीहरु सचेत हुनुपर्ने


  • टाइम्स संवाददाता

  • १५ श्रावण २०८०, सोमबार ११:०७

कोहलपुर,बाँके:बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको नमुना बिद्या सदन सेकेण्डरी स्कुलले एसईईमा सफल बिद्यार्थीहरुलाई भब्य स्वागत गर्दै कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुमाझ एक दिने शैक्षिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ब्यबस्थापन र शिक्षा संकायमा अध्यापन हुने यस नमुना बिद्यालयमा यस आर्थिक बर्षमा ६३ जना बिद्यार्थी भर्ना भईसकेका छन भने यो क्रम जारी रहेको बिद्यालयले जनाएको छ । नयाँ भर्ना भएका बिद्यार्थीहरुका लागि बिद्यालयमा पठनपाठनमा सहजता होस भन्ने हेतुले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बिद्यालयका कार्यकारी निर्देशक शिब डाँगिले बताएका छन ।

कोहलपुरको दश बिगाहमा रहेको होटेल ट्रिटपमा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथी लाल बहादुर रानाले बिद्यार्थीहरुको आजको मेहनत भोलिको सुन्दर भबिष्यसंग जोडिएको भन्दै मुलुक हाक्न सक्ने असल नागरिक बन्ने यो समयको बिद्यार्थीहरुले सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए । जग बलियो भए घर बलियो हुने भन्नु युक्तिलाई मध्य नजर गर्दै भोलि उच्च शिक्षा हासिल गर्न पनि अहिले देखि नै अनुशासित र ईमान्दारीताका साथ आफनो अध्यणमा बिद्यार्थीहरुले लगाव राख्नुपर्ने बताए ।

मानिसको स्वभाव हो मिठो खाने, राम्रो लाउने र नयाँ नयाँ ठाउ घुम्ने ईच्छा र चाहना सबैमा हुन्छ यो स्वभाविक हो तर यो समय यो उमेर बहकाउमा लाग्ने समय हैन भन्दै प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष रानाले पढदै गर्दा चन्चल मनलाई कन्ट्रोल गर्नुपर्ने, संगतले समेत पार्ने प्रभावहरुलाई सुक्ष्म रुपले बुझनुपर्नेमा बिद्यार्थीहरु सचेत हुनुपर्ने बताए ।

अभिभावकहरुले समय नदिएकै कारण कैयन बालबालिकाहरु कुलतमा फस्दै गएको समाजको तितो यर्थातलाई चिर्न अब अभिभावक शिक्षा, भेला तथा अन्तरक्रिया समेत गर्नुपर्निे बेला आएको औंल्याउदै वडा अध्यक्ष रानाले निजि स्कुलमा धनि बर्गका सन्तानहरु मात्र अध्यन गर्छन भन्ने समाजमा भ्रम रहेकाले राम्रो र गुणस्तर शिक्षाका लागि अभिभावकले आफु जति निम्न बर्गको भएपनि निजि स्कुल रोज्ने गरेको आफुले अनुभव गरेकाले आफनो वडाबाट शिक्षा सम्बन्धि आर्थिक होस या अन्य कुनै पनि सहयोग गर्नुपर्ने अबस्था आए निजि स्कुललाई समेत सहयोग गर्न वडा तयार रहेको बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय उपमहासचिव कुसुम रानाभाट, बिद्यालय ब्यबस्थापन समितीका सदस्य प्रकाश शाह लगाएतले उपस्थित बिद्यार्थीहरुलाई शैक्षिक श्रबृद्धिको शुभकामना ब्यक्त गर्दै शिक्षा सम्बन्धि आफना अनुभव साटेका थिए ।


बिद्यालयमा अध्यनरत बालबालिकाहरु बेजोड सांस्कृतिक खुराक समेत पस्किएको कार्यक्रमको सभापतित्व बिद्यालयका कार्यकारी निर्देशक शिब डाँगिले गरेका थिए भने कार्यक्रममा संस्थापक सञ्चालक निम बहादुर चलाउने, बिद्यालयका प्रशासकिय प्रमुख नविन रावत, शिक्षक बेगम थापा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भाईस प्रिन्सिपल सुधन गरुङले गरेका थिए ।

Nabintech