१ जेष्ठ २०८१, मंगलवार
निलसागर सेवा आश्रममा खाद्यान्न, लत्ताकपडा वितरणसंगै आंखा शिविर सञ्चालन

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०८०, मंगलवार ०९:३५

कोहलपुर,बाँके: रोटरी क्लब अफ सेन्ट्रल बाँकेले कोहलपुर स्थित निलसागर आश्रममा रहेका असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ। सोमबार निलसागर सेवा आश्रम कोहलपुरमा एक कार्यक्रमको आयोजना गरी रोटरी क्लबले आँखा शिविर सञ्चालनसँगै खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो।

रोटरी क्लब सेन्ट्रल बाँकेका अध्यक्ष रोटरीएन किशोर कृष्ण भण्डारीले निलसागर सेवा आश्रमका‌ संस्थापक अध्यक्ष सरिता खनाललाई सामाग्रिहरु अस्तान्तरण गरेका थिए। साथै रोटेरी क्लब अफ सेन्ट्रल बाँकेका‌ अध्यक्षले खुल्ला आकाशलाई छाना र धर्तीलाई नै बिच्छयौना बनाई सडकजीवन बिताउन विवश मानवहरू तथा बालबालिकालाई संरक्षण गरिरहेको नीलसागर सेवा आश्रमलाई आगामी दिनहरुमा पनि सहयोग र साथ दिने कुरामा प्रतिवद्धता जनाए ।

कार्यक्रमका अध्यक्ष किशोर कृष्ण भण्डारीले खाध्यान्न तथा आँखा शिविरमा सहयोगी संस्था मालिका हार्डवेयर र नेपालगञ्ज अप्टिकल सेन्टरलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो।

Nabintech