१ जेष्ठ २०८१, मंगलवार
साउदि अरवमा मृत्यु भएका चौधरीको शव नेपाल ल्याउने पहलका लागि सहयोगको याचना

नगरमा निबेदन दिए रोजगार बोर्डबाट पाउने आर्थिक सहायता तथा अन्य कल्याणकारी सेवा पाउने


  • टाइम्स संवाददाता

  • १६ श्रावण २०८०, मंगलवार १६:०७

कोहलपुर,बाँके:रोजगारिको शिलशिलामा खाडि मुलुक साउदि अरब पुगेका कोहलपुर नगरपालिका वडा नं. १२ का कालिराम थारुका २९ बर्षिय छोरा सुरेश चौधरीको मृत शरीर नेपाल सम्म ल्याईदिन मृतकका आफन्तहरुले सहयोगको याचना गरेका छन ।

पासपोर्ट नम्बर ०८१८६४९३ भएका चौधरीको रोजगारिको शिलशिलामा साउदि अरबमा काम गर्ने क्रममा गत शनिबार मात्र मृत्यु भएको उनका दाजु श्रबण कुमार चौधरीले बताएका छन ।

मृतकका दाईले सहयोगको याचना गर्दै संघ, प्रदेश तथा स्थानिय गरि तिनै तहका सरकार र सरोकावाला सबैसंग हार गुहार गरिरहेका छन ।
आज १६ गते मात्र कोहलपुर नगरपालिकाबाट जारी सुचनामा बैदेशिक रोजगारमा गएर मृत्यु भएकाहरुका आफन्तले कोहलपुर नगरपालिकाको रोजगार सेवा केन्द्रमा तोकेको ढाँचामा निबेदन दिएको खण्डमा रोजगार बोर्डबाट पाउने आर्थिक सहायता तथा अन्य कल्याणकारी सेवा पाउने उल्लेख गरेको छ ।

साथै नगरपालिकाले मृतकका आफन्तले कोहलपुर नगरपालिकाको रोजगार सेवा केन्द्रमा निबेदन दिए मृतकको शव झिकाईने, र श्रम स्विकृत लिएर गएको भए त्रिभुवन विमानस्थलबाट घर सम्म निशुल्क शव ढुवानि गर्ने जनाएको छ ।

यसरी निबेदन दिई सकेपछि कामदारका परिवारहरुले आर्थिक सहायता प्राप्त गर्ने देखि परिवारका दिर्घरोगीहरुलाई समेत औषधि उपचार सहयोग पुग्नेछ ।

 

Nabintech