१ जेष्ठ २०८१, मंगलवार
सडक दुर्घटनामा एकै परिवारका चारसहित ६ जनाको मृत्यु, नेपालगन्जको त्रिभुवन चोक शोकमा

सडकमा गुडिरहेको बोलेरो गाडिले सडकमा एक्कासि देखा परेको चौपायालाई जोगाउन खोज्दा सडक छेउमा रहेको रुखमा बोलेरो ठोक्किएको थियो


  • टाइम्स संवाददाता

  • २१ श्रावण २०८०, आईतवार ०७:००

नेपालगन्ज: भारतको उत्तर प्रदेश राज्यको श्रावस्ती जिल्लाको एकौनामा शनिवार भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चौकका एस कुमार वाच सेन्टरका सन्तोष कुमार वैश्य परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्युको खबरले शनिबार साँझदेखि त्रिभुवन चोकमा सन्नाटा छाएको छ। त्रिभुवनचोक शोकमा छ पत्रकार सकिल अहमद कादरीले कोहलपुर टाईम्सलाई भने ।  वैश्य परिवारको मृत्युको खबर पाएपछि परिवारका आफन्त, शुभचिन्तकहरु त्रिभुवन चोकमा भेला हुन लागेका छन । दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।

बलरामपुरबाट नेपालगन्ज तर्फ फर्किरहेको बेला उनीहरु सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी एक्कसी छाडा चौपायासँग ठोक्किँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको श्रीवस्ती प्रहरीलाई उद्धृत गर्दै भारतिय पत्रकारहरुले उल्लेख गरेका छन । दुई नाबाकहरुको एकौना अस्पतालमा र १ जनाको बहराईच अस्पतालमा मृत्यु भएको र गाडी चालकको अवस्था पनि गम्भीर रहेको भारतीय सुरक्षा अधिकारी एएसपी श्रावस्ती प्रवीण कुमार यादवले पुष्टि गरेका छन ।

सडकमा गुडिरहेको बोलेरो गाडिले सडकमा एक्कासि देखा परेको चौपायालाई जोगाउन खोज्दा सडक छेउमा रहेको रुखमा बोलेरो ठोक्किएको थियो भने गाडिको ढोका फोडेर सवार यात्रुहरुको प्रहरीले उद्धार गरेको थियो । तर उपचारका लागि अस्पताल लगेका घाईतेहरुलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Nabintech