२ जेष्ठ २०८१, बुधबार
बाजुरामा पनि फैलिँयो डेंगु : तीन जनामा संक्रमण पुष्टि

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार १०:३९

बाजुरा: पछिल्लो समय बाजुरामा डेंगु संक्रमण फैलिँदै गएको पाइएको छ।हाल जिल्ला अस्पताल बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्ला अस्पताल बाजुराका अनुसार वैशाख देखी यता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको  हाे  । डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष  सदरमुकाम मार्तडीमा बस्दै आएका खप्तड छेडेदह गाउँपालिकाका रहेका छन् ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन कुमार जोशीका अनुसार  डेंगु बाजुरामा फैलिँदो क्रममा रहेको छ। डेंगुबाट बच्न सबैले सरसफाइमा विशेष ध्यान दिएर सचेत रहनुपर्ने हुन्छ ।

जिल्लामा डेंगु सङ्क्रमण फैलने जोखिम सदरमुकाम मार्तडी र कोल्टीमा उच्च  रहेको डाक्टर जोशीले बताउनु भयो।  डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरू देखा पर्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ रहेको छ।

Nabintech