२ जेष्ठ २०८१, बुधबार
धितालको अध्यक्षतामा नगर स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज गठन

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार १५:३९

कोहलपुर बाँके: बाँकेको कोहलपुरमा चिन्तामणि धितालको अध्यक्षतामा नगरस्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरिएको छ ।समितिको उपाध्यक्ष हेम कुमार रावत, सचिव रामभक्त लम्साल, कोषाध्यक्ष, डा. देवेन्द्रराज आचार्य, सह–सचिव याम कुमारी न्यौपाने र सदस्यहरुमा एकराज शर्मा, राजेन्द्र विष्ट, मायाराम थारु, टिपि न्यौपाने, जगत रामदाम सहित ११ सदस्य समिति गठन गरेको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा ले जनाएको छ । भेलाले २ महिला सदस्य पछि थप गर्न निर्णय समेत गरेको नव गठित समितीका उपाध्यक्ष हेम कुमार रावतले कोहलपुर टाईम्ससंग कुराकानिका क्रममा बताए ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशको प्रबेशद्धारका रुपमा रहेको विकसित शहर कोहलपुरमा नेपालगञ्ज शिक्षण अस्पताल लगाएत अन्य अस्पतालहरु दर्जन मात्रामा भएकाले रगको खपत अत्याधिक हुने गरेकाले रगतको कमि हुन नदिन र रगतको कमिबाट कसैको पनि अकालमा ज्यान नजावस भन्ने अभिप्रायले नगरस्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गरिएको गरेको नव गठित समितीका अध्यक्ष चिन्तामणि धितालले बताए । समितिले हरेक शिक्षण संस्थामा गइ नियमित रक्तदाता तयार गर्ने र समय समयमा रक्तदान कार्यक्रम सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको समेत अध्यक्ष धितालको कथन रहेको छ ।

समितीले श्रावण २८ गते बागेश्वरी बहुमुखि क्याम्पसमा एक कार्यक्रमको आयोजना गर्दै रक्तदाता पहिचान गर्ने र रगत दान गर्न उत्प्ररणा फैलाउने कार्यक्रम समेत तय गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति दिनेश सिग्देल,समाजका केन्द्रिय सदस्य गोविन्द वाग्ले,कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, उपाध्यक्ष चन्डी गैरे लगायत कोहलपुरका उद्यागी, ब्यापारी तथा लब्ध प्रतिष्टित ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

Nabintech