२ जेष्ठ २०८१, बुधबार
रोपिएका बिरुवाको पुनरावलोकन गर्दै कोहलपुर नगर प्रहरी

रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा स्थानियहरुलाई


  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार १०:५५

कोहलपुर,बाँके: कोहलपुरलाई हरित नगरको रुपमा विकसित गर्ने अभियान अन्तरगत कोहलपुर नगरपालिकाका बिभिन्न स्थानमा रोपिएका विरुवाहरुको अवलोकन, अनुसन्धानमा कोहलपुर नगर प्रहरी लागि परेको छ ।  यस अघि रोपिएका विरुवाको अबस्था र उक्त स्थानमा के गर्ने भन्ने विकल्प बुझदै गएको नगर प्रहरीको टोलिले रोपिएका विरुवाहरुको पुनरावलोकन गर्न कोहलपुर १० को हाईस्कुल चोकदेखि पश्चिमतर्फ शुरु गरेको हो ।

यसअघि स्थानियबासिहरुले आफना आफन्तको सम्झनामा स्वतस्फुर्तरुपमा रोपिएका विरुवाहरु तीन बर्ष हुदा सम्म पनि राम्रोसंग नफस्टाएको,मरेको, माटो तथा वातावरण सुहाउदो विरुवा नभएको पाईए उक्त विरुवालाई त्यहावाट बिस्थापित गराई नयाँ विरुवा रोपिने भएको छ ।

हाईस्कुल चोक देखि पश्चिम ५०० मीटरभित्र रोपिएका कयौं विरुवाहरु ठुलो क्षेत्रफल ओगटने, बातावरणिय भिजिबिलिटीलाई समेत असर गर्ने खालका भएकाले उक्त विरुवाहरुलाई अन्य टाउमा स्थानान्तरण गरि कम क्षेत्रफल ओगटने र आर्कषक विरुवा लगाईने नगर प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर टाईम्सलाई बताए ।
उक्त क्षेत्रमा ५० प्रतिशत गोलाईचि, निम, शित्तलचिनी, पिपल बर जस्ता विरुवा लगाईएको छ भने उत्तल विरुवा समेत राम्रोसंग फस्टाउन सकेका छैनन ।

विरुवा फस्टाउन नसकेका र ठुलो आकार सम्म फैलिने विरुवा बिस्थापन गरि छतिवन,कोनोकार्पस,करभिर,बेगनवेली, कपुर जस्ता विरुवा रोपिने भएको छ ।
आज बुधवार विहान नगर प्रहरी प्रमुख, मालि, सरसफाईकर्मि स्थानियहरुले उक्त स्थानको अवलोकन गरि राख्न मिल्ने विरुवाहरुलाई गोडमेल गर्ने र बिस्थापित गर्नपर्ने विरुवा विस्थापित गरि नयाँ विरुवा रोप्ने बारेमा छलफल भएको थियो भने रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा स्थानियहरुलाई जिम्मा दिने सहमती भएको थियो ।
छलफलमा स्थानिय सोनु थापा, लुट बहादुर खत्रि,ध्रुबराज बुढाक्षेत्रि, प्रमोद रिजाल, नगर प्रहरी प्रमुख वीर वहादुर थापा लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।यो अभियान नगरभरी नै यस अघि रापिएका विरुवा भएका स्थानहरुमा जारी रहने थापाले बताए ।

 

Nabintech