२ जेष्ठ २०८१, बुधबार
त्रिमावि सेनेटरी प्याड काण्डमा गम्भिर त्रुटि लुकेको छ : घिमिरे

पालिकाहरुले नै खरिद गरेर बिधालयहरु वितरण गर्नुपर्ने


  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार १४:१९

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जिल्लाकै प्रतिष्ठित बिद्यालय त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा खरिद गरिएको भनिएको स्यानेटरी प्याडका बिषयलाई लिएर अनेरास्ववियुले आफनो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै खरिद प्रक्रियामा गम्भिर त्रुटि भएको दावि गरेको छ । खरिद गरिएको हैन भन्ने बिज्ञप्ति निकालेर बिद्यालय प्रशासन र बिद्यालय ब्यबस्थापन समितीले आफनो गल्ति ढाकछोप गर्ने प्रयास र त्यहा भएको अनियमितता लुकाउन रचिएको प्रोपोगान्डाको संंज्ञा दिएको छ ।

अनेरास्ववियुले सेटिङमा ल्याईएको स्यानेटरी प्याडको गुणस्तरता नाप जाँच हुनुपर्ने, खरिद प्रक्रिया मिचेर ल्याउने दोषिलाई कारबाहि गरीनुपर्ने अन्यथा अनेरास्ववियु चुप लागेर नबस्ने जनाएको छ । कोहलपुर नगर भित्रका बिद्यालयहरुमा समेत यस खालको नजिर बस्ने भन्दै नजिर बस्न नदिन समेत अनेरास्ववियु सतर्क रहेको भन्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले बुढि मरी भन्दा पनि काल पल्किनेमा आफुहरु चिन्तित रहेको बताए ।

लामो समय सम्म स्यानेटरी प्याड राखिएको स्टोरमा बिद्यार्थी संगठनहरुले ताला लगाउदा सम्म पनि गठित छानविन समितीले छानविन प्रक्रिया नगरेको प्रति आक्रोस ब्यक्त गर्दै केन्द्रिय सदस्य घिमिरेले ढिला सुस्ति गरेर केस ढिसमिस पार्ने प्रपञ्च रचिदै गरेको हो भने अनेरास्ववियु टुलुटुलु हेरेर नवस्ने यस्ता बिक्रिति बिसंगति र भ्रष्टहरुलाई कठालो समाएर प्रहरी समक्ष बुझाउन समेत अनेरास्ववियु पछि नपर्ने भन्दै चेतावनी समेत दिएका छन ।

अनेरास्ववियु अहिले पर्ख र हेरको नितीमा रहेको भन्दै बाँके जिल्ला अध्यक्ष प्रकाश बि.कले त्रिभुवन नमुना माध्यामिक बिधालयका सबै घटनाक्रमलाइ नजिकबाट नियाल्दा त्यहा अनियमितता भएको प्रष्ट भएको उल्लेख गर्दै तत्काल अनुसन्धान गरेर दाषिलाई कारवही गरिनुपर्ने अन्यथा फेरि यस्ता घटनाहरु नदोहरीएलान भन्न सकिने स्थिती नभएको जिकिर गरे ।

खरिद ऐनमा भएको ब्यबस्था बमोजिम किन खरिद नगरिएको हो बिद्यालयका छात्राहरुको स्वास्थ्यसंग खेलबाड गर्नेहरु को को हुन सत्य तथ्य छानविन होस र प्रतिबेदन समेत सार्वजनिक गरिनुपर्छ अध्यक्ष बि.क.ले भने । सेनेटरी प्याड खरिदमा सामुदायिक बिधालयहरुमा अनियमितता हुने गरेको पाइन्छ यस्लाइ रोक्नको लागि पालिकाहरुले नै खरिद गरेर बिधालयहरु वितरण गर्नुपर्ने उनको थप कथन थियो ।

Nabintech