६ जेष्ठ २०८१, आईतवार
विद्युत प्राधिकरण कोहलपुरमा भएको घटनाप्रति बिभिन्न ट्रेड युनियनका घटकहरुको आपत्ति, कडा कारवाहिको माग

के.सि माथि कुटपिट मात्र हैन कार्यालयका सामान फाल्ने देखि सवारी साधनमा समेत क्षति


  • टाइम्स संवाददाता

  • ७ भाद्र २०८०, बिहीबार १६:०६

कोहलपुर,बाँके: बाँकेको कोहलपुरस्थित नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत बिभिन्न कर्मचारी युनियनहरुले दोषिमाथि कडा कारबाहिको माग राखेका छन ।

मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण के.सी.माथि आक्रमण भएको थियो । उक्त घटनालाई लिएर गम्भिर चोट पुर्याईएको भन्दै अपराधिक घटनाको घोर भत्सना गर्दै आधिकारीक ट्रेड युनियनका घटकहरुले ग्राहक कम्प्लेनको निहु बनाई राम प्रसाद हमाल नेतृत्वको ३ वटा अटोमा आएका ब्यक्तिहरुले कार्यालय भित्र पसि सवारी साधन तोडफोड गर्ने, नो लाईट कक्षमा गएर सामान फाल्दै अराजकता मच्चाएको घटनाबाट आफुहरु गम्भिर भएको उल्लेख गरेका छन ।

उनीहरुले हमालसंग आएका अन्य ४ जना ब्यक्तिको मिलेमतोमा अपराधिक घटना घटाईएकाले उक्त घटनाको सत्य तथ्य छानविन गरि सार्वजनिक मुद्धा चलाई कारवाहि गर्न माग राखेका छन । रात्रिको समयमा कर्मचारी मजदुरमाथि कार्यालय परिसरमै आक्रमण हुनुले कर्मचारीले फिल्डमा खटिई कसरी काम गर्न सक्छ भन्दै ट्रेड युनियनका घटकहरुले ज्यान मार्ने उद्धेश्यले आएका अपराधिक गिरोहलाई अविलम्ब कारवाहिको माग राखेका छन । उनीहरुले शान्ति सुरक्षाको प्रत्याभुत हुन नसके चरणबद्ध आन्दोलन समेत गर्ने चेतावनी दिएका छन ।

यसरि बिज्ञप्ति निकाल्ने ट्रेड युनियन घटकहरुमा नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषदका दिनेश कुमार प्रधान, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका लिला प्रसाद वली, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका रेशम कुमार थापा र आधिकारीक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका जय प्रकाश भण्डारी रहेका छन ।

वितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा खटिएका के.सी.माथि आक्रमण गर्दै कुटपिट घाइते बनाएका थिए भने कार्यालयका सामान र सवारी साधनमाथि समेत क्षति पुरयाएका थिए ।

Nabintech