६ जेष्ठ २०८१, आईतवार
यी स्थानमा आज हल्कादेखि मध्यम वर्षा

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०८०, शुक्रबार ०६:३५

काठमाडौं : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशका बाँकी भूभागमा सामान्यतया मौसम सफा छ।

अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको केही र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका  केही  तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी  प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Nabintech