६ जेष्ठ २०८१, आईतवार
हुम्लामा बाढीले घट्ट बगाउँदा एक जना बेपत्ता

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०८०, शुक्रबार ११:१३

सुर्खेत : अविरल वर्षासँगै आएको बाढीले बगाउँदा हुम्लामा घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन्। सर्केगाड गाउापालिका–२ मा रहेको रिपगाड खोलामा बाढी आउँदा पानी घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सर्केगाड गाउँपालिका–२ रिपगाउँका ५० वर्षीय मनऋषि जैसी छन्। उनी रिपगाड खोलामा रहेको घट्टमा अन्न पिसानीका लागि गएको बेला बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

तर अन्न पिसानी लागि गएका स्थानीय बेलुन्दार कार्की, बाँचु रावत र विजन रावत भागेर ज्यान जोगाएका छन्। खोलामा आएको बाढीले घट्टसहित ३० बोरा अन्न पनि बगाएको छ।

बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षा कारण खोलामा बाढीको बहावले घट्टसहित एक जना बेपत्ता भएको स्थानीय विजय महताराले जानकारी दिए। उनकाअनुसार स्थानीयको अन्न पिसानीको एक मात्र विकल्पका रुपमा घट्टमा लगिएको गहुँ, कोदो, मकै लगायतका ३० बोरा अन्न बगाएको छ।

रिपगाड खोलामा रहेको लघु जलविद्युत पनि बाढीले बगाएको छ। बाढी कारण जलविद्युतको नहर, पाइप, र खोेला तर्न निर्माण गरिएको काठेपुलसमेत बगाएको छ।

 

Nabintech