७ श्रावण २०८१, सोमबार
एमसिसि र सुकुम्वासि हटाउने बिषयमा नेकपाको बिरोध, प्रशासनले भन्यो खाली गर

के सवै जग्गा नगरविकास समितीको हो ? यदि हो भने गया प्रसाद थारु र दुलारे थारु किन अदालतमा मुद्धा दायर गर्न लागिपरेका छन


  • टाइम्स संवाददाता

  • १० भाद्र २०८०, आईतवार २०:३७

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आज आईतवार नेपाल कम्युनिष्ट पार्टि बाँकेले नेपालमा लागु गरिन लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसि र कोहलपुर ११ मा रहेको सुकुम्वासि वस्ति कोहलपुर नगरले हटाउन लागेको बिषयलाई लिएर चर्को बिरोधको कार्यक्रम गरेको छ ।

गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसिसि मुर्दावाद, सुकुम्वासिको उचित थात थलोको ब्यबस्था गर, सुकुम्वासि पहिचान गर जस्ता चर्का नारा तथा प्ले कार्ड बोकेका नेपाल कम्युनिष्ट पार्टिका कार्यकताहरुले नगरका विभिन्न भाग परिक्रमा गर्दै न्युरोड चोकमा कोण सभाको आयोजना गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य नारायण सि ले संसदवादि दलहरु झन पछि झन दलदलमा फसिरहेको चर्चा गर्दै आफुसंगै देशलाई समेत दलदलमा फसाएको जिकीर गरे । उनले राष्ट्रघाती एमसिसि परियोजना कार्यानवयनका बिरुद्ध जनप्रर्दशन गर्दै फिर्ता गर्न बाध्य पारिनु पर्ने भन्दै एमसिसि देश र जनताको पक्षमा आत्मघाति भएको आरोप लगाए ।

अन्तरास्ट्रिय सहयोगका नाममा बाटो, बिद्युत बनाउने भन्ने भ्रमपुर्ण बिषय बोकेर अमेरिकाले नेपालमा समेत आफनो साम्राज्य फैलाउदै आफना सेनाहरुलाई परेड खेलाउन चाहेको कुरा संसदबादि दलहरुलाई थाहा हुदा हुदैपनि उनीहरु बिक्रि भईसकेकोले तैं चुप मैं चुपको अवस्थामा पुगेको दावि गरे ।

एमसिसि आएको खण्डमा देश युक्रेन र सिरीया बन्ने भन्दै देशभक्त राष्ट्रबादी जनताहरु जुर्मुराउनुको विकल्प नरहेको उल्लेख गरे । उनले बर्षाको समयमा ३ दशकदेखि बस्दै आएका कोहलपुर ११ का सुकुम्वासिहरुलाई कोहलपुरका संसदबादि दलहरुको मिलोमतोमा घरवार विहीन पार्न खोजिएको प्रति आपत्ती प्रकट गर्दै अबैधानिक भए प्रमाणित गरिनुपर्नेमा जोड दिए ।

के सवै जग्गा नगरविकास समितीको हो ? यदि हो भने गया प्रसाद थारु र दुलारे थारु किन अदालतमा मुद्धा दायर गर्न लागिपरेका छन भन्ने प्रश्न गर्दै भुमाफिया संगको साँठगाँठमा कोहलपुरका राजनैतिक दलहरुले आफनो स्वार्थ सिद्ध गर्नाका लागि जग्गा खालि गराउने निर्णयमा हस्ताक्षर र सहमत जनाएको ठोकुवा गरे । ऐलानी हो भनेर बसेका अधिकांस भुमिहिनहरुको उचित ब्यबस्था नगरि हटाउन खाज्नु निरंकुशता हुने भन्दै नारायणले नम्वरी र नगर विकासकै जग्गा भएपनि उचित ब्यबस्थापन पछि मात्र हटाउनुपर्नेमा जोड दिए ।

अर्का बक्ता संगम सिले एमसिसि कार्यान्वायनमा ल्याए अमेरिकी साम्राज्यबादका बिरुद्ध जेहाद छेडने भन्दै हिजको जनयुद्धको झल्को दिनेगरि पार्टि पंत्तिले तयारीका साथ प्रतिकारमा उत्रिने चेतावनी दिए । कपिलवस्तु देखि बाँकेको सिमाना सम्मको बाटो निर्माण गर्ने भन्दै एमसिसि हाम्रो गाउघरमा नै आउन लागेको भन्दै संगमले देशको आबश्यकतालाई हेरी आफुहरु बम बनि पटकिन तयार रहेको चेतावनी दिए ।


चुनावका बेला दलाल राज्यसक्ताका प्यादाहरुले लालपुर्जा दिनेछौं भन्दै भोट मागेको तर आज आफनै जनतालाई उठिबास लाउन कम्मर कसेको भन्दै कोहलपुर ११ को सबै सुकुम्वासि वसेको जग्गा पहिले नगर विकास समितीको भए नभएको लालपुर्जा सहित एकीन गरि देखाउन चुनौती दिए ।

उनले सुकुम्वासि, भुमिहिन, दलित, जनजाती र मुक्त कमैयाहरुलाई राज्यले नै थातथलोको ब्यबस्था गरिरहेको बेला समेत स्थानिय सरकारले दादागिरी शैलिमा बल प्रयोग गर्ने गरि सुचना निकालेको भन्दै खेद प्रकट गरे ।

नेपाल कम्युनिष्ट पार्टि बाँकेका सचिव कल्पना सि ले समेत चरणबद्ध आन्दोलनमा आफनो पार्टि होमिएको भन्दै आन्दोलनको सानो आगोको झिल्कोलाई कम नआक्न सम्बन्धित निकायलाई चेतावनि दिएकी छिन । उनले मर्ने र मार्ने समय पार गरेर आएको हाम्रो यो पार्टि नेपाली जनतालाई अन्याय अत्याचरहरु शासकहरुले यदि थोर्पाछन भने शासकहरुलाई भारी पर्नेमा जोड दिईन ।

यसैविच कोहलपुर नगरपालिका ११ स्थित नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।
क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवार समेत बसेको सुन्न आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानुन अनुसार कारवाहीको चेतावनी दिइएको छ ।

कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृतरुपमा भूमि अतिक्रमित गरी बनाइएका संरचना हटाउने सम्वन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो ।

सोही अनुसार नगर विकासले सात दिनको समय दिएर अतिक्रमित संरचना खाली गर्न सूचना जारी गरिसकेको छ । भदौ ४ गतेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले अतिक्रमित जग्गा खाली गराउने सहमति गरिसकेको छ ।

सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्भ्रान्त परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका आरोप छ अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गा अतिक्रमण गरेर ६१८ घरधुरी बस्दै आएको तथ्यांक छ ।

Nabintech