८ जेष्ठ २०८१, मंगलवार
जनता मावि मैटहवामा अभिभावकहरुको तालाबन्दि (अपडेट)

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०८०, सोमबार १९:२९

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको जनता मावि मैटहवामा अभिभावक र बिद्यालयका प्रधानाध्यापकबिच सुमुधुर सम्वन्ध नबनेपछि तालाबन्दि गरिएको छ ।

बिद्यालय ब्यबस्थापन समितीले दिएको निर्देशनलाई अटेर गर्ने प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले पछिल्लो समय बिद्यालयका सबै कामहरु एकलौटि, मनोमानि रुपले गर्ने गरेको र आज सोमवार आयोजित अभिभावक भेलामा ती कुराहरुको बारे बुझदा प्रधानाअध्यापकले जवाफ नदिई गैर जिम्मेवारीपुर्ण रवाफ देखाएकाले अभिभावकहरुले बिद्यालयको लेखा तथा प्रशासन कक्षमा तालाबन्दि गरिएको जनाएका छन ।
स्थानिय काङ्ग्रेस समर्थक रमजान अलिले जन प्रतिनिधिको नेतृत्वमा तालाबन्दि गरेको दावि गरेका छन तर जनप्रतिनिधि एबं वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले बिद्यालयका प्रधानाध्यापकले अभिभावक मात्र बोलाउनुपर्ने राजनैतिक दलका मान्छे किन बोलाएको भन्दै बखेडा झिकेपछि अभिभावकहरुले स्वतस्र्फुत रुपमा तालाबन्दि गरेको उल्लेख गरेका छन । उनले मेरो संलग्नता छैन पुष्टि गर्न चुनौती दिन्छु भनेका छन ।

अभिभावकहरुले प्रधानाध्यापकले कसैको जानकारी र बिद्यालय ब्यबस्थापन समितीको स्विकृतबिना पंखा बिक्रि वितरण गरेको ,बिद्यालय ब्यबस्थापन समितीलाई जानकारी नै नदिई एक लाख बरावरका सेनेटरी प्याड खरिद गरेको, बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई दिईने दिवा खाजा समेत समितीलाई कुनै प्रवाह नगरि खरिद गर्ने गरेको, बिद्यालयमा नियमानुसार हुने कवाड बिक्रि समेत स्वइच्छाले गरेको र बिद्यालयको पर्खाल समेत कसैको सल्लाह सुझाव नलिई आफै भत्काउने कार्य गरेको भन्ने आरोप लगाएका छन ।

यस बिषयमा बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले बिद्यालय ब्यबस्थापन समितीको २०७९ मंशिरमा म्याद सकिएको र नयाँ ब्यबस्थापन समिती गठन गर्दा राजनैतिक ब्यक्तिलाई नवोलाउने भन्दा भन्दै बोलाएको समितीका पदाधिकारीहरु बैठक बोलाउदा नआउने र बिद्यालयको प्रशासनिक कार्य सञ्चालनमा समेत असहयोग गरेका कारण आफुले एकल निर्ण गरेको स्विकार गरेका छन । खत्रिले मैले गरेका काम काज र बिल भरपाई हेर्दा हुन्छ भन्दै वडा अध्यक्ष रिजालसंग भनाभन भएको स्विकार गरेका छन ।

अपडेट

यसैबिच जे जस्तो बिबाद भएपनि स्थानिय स्तरमै मिलाउने भन्दै बिधालयमा लागेको ताला खुलाउने सहमति गर्दै ताला खुलाइएको मदनचोकबाट हाम्रा सहकर्मिले जनाएका छन ।

Nabintech