१२ श्रावण २०८१, शनिबार
सद्भावको शहर नेपालगन्जमा चाडपर्वको रौनक

बजारमा राखिहरुको खरिद–बिक्रि शुरु


  • टाइम्स संवाददाता

  • १२ भाद्र २०८०, मंगलवार १४:२१

नेपालगन्ज: बाँके जिल्लाको नेपालगन्ज शहरलाई सद्भावको शहर भनेर चिन्ने गरिन्छ । जुनसुकै धर्म विशेषको चाडपर्व आए पनि नेपालगन्ज शहरको त्रीवेणी मोड लाइन र बागेश्वरी मन्दिरलाईन बेहुली जस्तै सजिएको हुन्छ। यति बेला हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन नजिकै आएको छ। भाइ बहिनिको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगञ्जको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म पसलहरु भरिभराउ छ्न ।

रङ्गिबिरङ्गी राखी रक्षाबन्धन अनि विभिन्न प्रकारका मिठाई तथा फलफुलले बजारमा रौनकता बढाएको छ मानिसहरुको भिडभाडले बजार अरुबेला भन्दा बढी चहलपहल भएको छ । बजारमा राखिहरुको खरिद–बिक्रि शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिका देखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् । बच्चाहरुलाई लोभ्याउँनलाई उनीहरुलाई मन पर्ने कार्टून एवं मन पर्ने खेलौना जडित विभिन्न प्रकारका बच्चा बच्ची लोभ्याउने र आकर्षित गर्ने गरि राखिहरु बजारमा उपलब्ध देखिन्छ ।

पसलमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि बजारलाई भरिभराउ गराइएको छ। बजारमा पचास रुपैया देखि दुई सय रुपैया वा सो भन्दा अधिक मूल्य सम्मको विभिन्न खाले राखिहरु उपलब्ध छन् । रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी जिल्ला प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गएइरहेको छ ।चाड पर्वको बेला जहाँ बढी भिडभाड हुन्छ त्यहा चोरी लुटपातका घटना घट्ने गरेको बिगतका बर्षहरुमा पाइएको हुदा त्यस्ता घटना नदोहोरिउन भनेर प्रहरीले निगरानी बढाएको छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट अरुबेला भन्दा बढि सुरक्षाकर्मीहरुलाई आमजनताको सेवामा खटाइएको छ। नागरिकहरुको सहजताको लागि त्रिभुवनचौक देखि त्रिवेणीमोड सम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ । बजारमा चाडपर्व लक्षित पसलहरु थपिएपछी पैदल यात्रीलाई आवागमनमा समस्या पर्ने हुँदा गाडीहरुको आवागमन आज र भोलिको लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

Nabintech