१२ श्रावण २०८१, शनिबार
नेपालगञ्जमा यसवर्ष पनि गाईजात्रा मनाउने तयारी

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०८०, मंगलवार १९:२४

नेपालगञ्ज : ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगञ्जमा गाईजात्रा मनाईने भएको छ । नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँके सह–आयोजनामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो ।

नेपालगञ्जमा भव्य गाईजात्रा मनाउन बाँकेमा रहेका १० गुठीहरुको संयुक्त आयोजनामा गाईजात्रा हुने नेवाःपुचः बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गत साउन २७ गते नै कार्यसमिति गुठीहरु पार्षद, मृतक परिवारहरुको बैठक र नेवाःपुचः बाँकेको कार्यसमितिको बैठकले नेपालगञ्जमा भदौ १४ गते गाईजात्रा धुमधामका साथ मनाउने निर्णय भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भदौ १४ गते भेरी इङलिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्याली शुरु हुने र र्यालीले नेपालगञ्ज नगर परिक्रमा गरिने छ ।

Nabintech