१७ बैशाख २०८१, सोमबार
नेपालगञ्ज आउदै गरेको रात्रि बस बर्दघाटमा दुर्घटना सात घाईते

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०८०, बुधबार ०७:४९

नेपालगञ्ज:पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

दुघर्टना भएको सवारी चालक फरार रहेकोर उनको खोजिकार्य भइरहेको छ । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

Nabintech