१७ बैशाख २०८१, सोमबार
एमालेको लुम्विनी प्रदेश अधिवेशन भाद्र १६ गते, गुट उपगुट छैन:ढकाल

पद टिकाउने र आफुले पद नपाएको झोकमा यो वा त्यो नाम बाट केन्द्रीय नेतृत्वलाई विवादमा तान्न खोज्नु गैरराजनीतिक प्रवृति


  • टाइम्स संवाददाता

  • १४ भाद्र २०८०, बिहीबार ०९:०७

नेपालगञ्ज: नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिबेशन यहि भदौ १६ र १७ गते बुटवलमा सम्पन्न हुन गईरहेको छ ।१२ जिल्लाबाट२३ जनवर्गीय सगठन र केहि विभागवाट सर्वसम्मत प्रतिनिधिहरु समेत छनौट भई सकेका छन । भाद्र १६ गते पार्टी अध्यक्ष केपि ओलि शर्माले उदघाटनको लागि तय भएको अधिवेशन कुनै गुट उपगुठ नभएको बताईएको छ । १०औं राष्ट्रिय महाधिवेशन देखि नेकपा एमालेमा केन्द्र देखि वडा सम्म कुनै गुट उप गुट छैन केन्द्रिय सदस्य सुर्य ढकालले भने । नीति र नेतृत्वलाई आत्मासाथ गर्दै एउटै लय र बुझाईमा अगाडि बढिरहेको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आउन अझै चार बर्ष बाकि रहेकोछ ।

केन्द्रमा कुनै पनि बिषयमा मत मतान्तर नभएको उल्लेख गर्दै केन्द्रि सदस्य सुर्य ढकालले लुम्बिनी प्रदेश अधिबेशनको नाममा आफुले पद पाउने,पद टिकाउने र आफुले पद नपाएको झोकमा यो वा त्यो नाम बाट केन्द्रीय नेतृत्वलाई विवादमा तान्न खोज्नु गैरराजनीतिक प्रवृति भएको बताएका छन ।आफुले प्रतिनिधिलाई कन्भिस गर्न नसक्ने अनि नेताको आडमा आफू अग्लो र बलियो देखिन खोज्नु दक्षिणी पन्थि अवसरवाद हो उनले भनेका छन । गैरराजनीतिक प्रवृति र दक्षिणी पन्थि अवसरवादको डटेर विरोध गरौ।लुम्बिनी प्रदेशमा गुटबन्दी गर्ने अधिकार कसैलाई छैन भन्दै केन्द्रिय सदस्य ढकालले प्रदेश अधिबेशन मुल नेतृत्व सर्वसम्मत हुने भएकोले गुट उप गुटमा नलाग्न सबैमा अनुरोध समेत गरेका छन ।

प्रदेश अधिवेशनका लागि १००० भन्दा बढि प्रतिनिधिहरु रहेका छन । बिष्णु पौडेलले हरि रिजाल र शंकर पोख्रेलले राधाकृष्ण कडेल भनेर नेताको नाम जोडेर राजनीति गर्न खोज्नु केन्द्र नेतालाई अनावश्यक रुपमा विवाद तान्नु समेत केन्द्रिय सदस्य ढकालले उल्लेख गरेका छन ।जनाधार भएका नेतालाई प्रतिनिधिहरुले निश्चित रुपमा छनौट गर्नेछन यो वा त्यो नेताको नाम जोडेर भ्रम फैलाउनु आबश्यक छैन ढकाल भन्छन ।

केन्द्र माकुनै विवाद छैन भन्दै ढकालले अन्तर्राष्ट्रिय शक्ति शन्तुलनलाई हेर्ने र बुझनेमा एकरुपकता छ,मुल अन्तर विरोध र साहयकमा कुनै विवाद छैन,प्रधान शत्रुको विषयमा र जवजको बिषयमा कुनै विवाद छैन, संगठन सञ्चालन र परिचालनको बिषयमा पनि विवाद नभएको समेत जिकिर गरेका छन ।

Nabintech