८ जेष्ठ २०८१, मंगलवार
चौलिका चोकमा शशत्र र महिलाविच लफडा, बालकको फुट्यो आँखा

जैयद हास्मिको शसस्त्र प्रहरीले भिरेको बन्दुगको कुइनाले लागेर दायाँ आँखा फुटेको छ


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८०, शुक्रबार ०८:५४

नेपालगन्ज:नेपालगन्जको चौलिका चोकमा सशस्त्र प्रहरीले स्थानीयमाथि हातपात गरेको छ, भने एकजना बालकको आँखा फुटाइदिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ का रज्जब अलिका १४ वर्षीय छोरा जैयद हास्मिको शसस्त्र प्रहरीले भिरेको बन्दुगको कुइनाले लागेर दायाँ आँखा फुटेको छ । ती बालकको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि राती नै नेपालगन्ज मेडिकल कलेज लगेर भर्ना गरिएको छ । र, परिवारले थप उपचारका लागि आज विहान भारतको लखनउ लग्ने तयारी गरेका छन् ।

घरको प्रयोजनका लागि केही स्थानीय महिलाहरुले रुपैडियाबाट एकएक बोरा चामल लिएर आएका थिए । नाकामा खटिएका सशस्त्र प्रहरीले भन्सार नगरेको भन्दै उक्त चामल नियन्त्रणमा लिएर गणतर्फ लग्ने तयारी गरेका थिए । उनीहरुले घरको प्रयोजनको लागि हो भन्दा पनि सशस्त्रले बल प्रयोग गरेपछि स्थिति विग्रियो । र,सशस्त्र प्रहरीले महिलाहरुमाथि हातपात गर्दै बमण्डर मचाएको स्थानीय बताउँछन् ।

आफुहरुमाथि हातपात हुन थालेपछि महिलाहरुले पनि प्रतिकार गरे । स्थानीयबासीले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरे । करिव एक घण्टा नाकामा तनाव उत्पन्न भएको स्थानीयको भनाइ छ ।

Nabintech