८ जेष्ठ २०८१, मंगलवार
भोलीदेखी बाँकेमा माओवादीको विशेष रुपान्तरण अभियान

भोली बाँकेका ८ वटै पालिकाका ८१ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८०, शुक्रबार १८:३३

काठमाडौं: माओवादी केन्द्रले भोलिदेखी तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा समेत भोली अभियान सुरु हुने भएको छ । शुक्रबार माओवादी केन्द्र बाँकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अभियानको बारेमा जानकारी दिएको हो ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले भोली बाँकेका ८ वटै पालिकाका ८१ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने तयारी भएको जानकारी दिए । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ बाँकेमा उद्घाटन हुने अभियानको तिन महिने कार्यतालिका समेत सार्वजनिक गरीएको छ । अभियानभरी ६ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर साँगठानीक गतिविधि संचालन गरीने पाण्डेले बताए ।

अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताईएको छ । केन्द्रिय कार्यालय काठमाण्डौंबाट अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशैभर एक साथ अभियान उद्घाटन गरेपछि जिल्ला, पालिका र वडास्तरका गतिविधिहरु संचालन गरीने उनले बताए । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य एवं बाँके जिल्ला अभियान ईन्चार्ज कुल प्रसाद केसी सोनामले बताए ।

‘हामी जनतासँग भिज्न सकेको छैनौं’ अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने भन्दै उनले भने, ‘यस अर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’

Nabintech