७ जेष्ठ २०८१, सोमबार
प्रचण्डमाथि अ‍ोलीको व्यंग्य : गेरु वस्त्र धारणम्, मुर्रा राँगा ताननम्

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०८०, शनिबार १७:०९

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको भूभाग दिने अधिकार नभएको बताएका छन्। शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भारत हुँदै बंगलादेश जाने बाटोका लागि जमिन दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई  देशको एक इन्च जमिनसमेत बाँड्ने अधिकार नभएको बताएका हुन्।

‘बंगलादेशसम्म जाने बाटो भारतले पहिले नै दिइसकेको छ। बिमस्टेकअन्तर्गत त्यो सम्झौता भइसकेको छ। अनि बंगलादेशमा जाने बाटोमा काँडेतार लागेको छ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ? तपाईंको पैत्रिक सम्पति हो? प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार नेपाली जनतालृे दिँदैन। त्यसकारण नेपालको भूभाग अखण्ड छ। हाम्रो देश एक इन्च पनि जमिन कसैलाई टुक्राएर दिन्छु भन्न पाइँदैन। यस्ता त प्रधानमन्त्री भएका छन्,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भारतसँग इपिजीको प्रतिवेदनबारे एक शब्दसमेत नसोधेको बताउँदै राँगा लिन किन गएको भन्दै व्यंग्य गरेका छन्।

‘इपिजीको प्रतिवेदनबारे किन नबोलेको भन्दा रिसाउँछ भनेर अरे। अनि त्यो राँगा लिन अरूलाई पठाउँदा हुँदैन थियो? प्रधानमन्त्रीले नै राँगा डोर्‍यानुपर्छ त? गेरु वस्त्र लगाएको छ मुर्रा राँगा तानेको छ। गेरु वस्त्र धारणम् मुर्रा राँगा ताननम्। यस्ता खालको प्रधानमन्त्री छन्,’ उनले भने।

Nabintech