८ जेष्ठ २०८१, मंगलवार
पेप्सीकोला दुर्घटना: दुई जनाको ज्यान गयो, १४ जना घाइते

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ


  • टाइम्स संवाददाता

  • १७ भाद्र २०८०, आईतवार ०९:३६

काठमाण्डौ: काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् ।बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको  बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको ज्यान गएको हो ।

प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पेप्सीकोला सवारी दुर्घटनाका घाइते-

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड‌्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा- हात-टाउको-खुट्टामा चोट, बोल्न नसक्ने।

३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती- ढाड र हातमा चोट अवस्था सामान्य

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक- भित्रि चोट, अवस्था सामान्य

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा- हातमा चोट

 

Nabintech