४ जेष्ठ २०८१, शुक्रबार
जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०८०, आईतवार १०:४१

जुम्ला : जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।​ कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान पौने ७  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जीपमा चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ। दुवैजनाको सनाखत हुन बाँकी रहेको कार्कीले बताए।

Nabintech