१७ बैशाख २०८१, सोमबार
सामाजिक सरोकार मञ्चद्धारा सडक डिभिजन कार्यालयमा ज्ञापन पत्र पेश

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०८०, आईतवार १८:३४

कोहलपुर,बाँके: सामाजिक सरोकार मन्च कोहलपुरले आज आईतवार सडक डिभिजन कार्यालय नेपालगन्जमा सडक मर्मत एवं बिग्रेका जेब्राक्रस मर्मतका लागि ज्ञापनपत्र बुझाएको छ।

मन्चका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा शेषकान्त शर्मा, बिष्णु प्रसाद बेल्बासे, सि. एम. उपाध्यक्ष , सुरेश कुमार चौधरी , मन्जु सन्त्याल र प्रमात कुमार श्रेष्ठको समुहले सडक डिभिजन कार्यालय नेपालगन्जमा सडक मर्मत संभारका निम्ति ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै सडक डिभिजन कार्यालय नेपालगन्जका निमित प्रमुख सुरेश कुमार चौधरीले दशै अघि खाल्डाखुल्डी पुर्ने र जेब्राक्रस लगाएतका मर्मत कार्य सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छ्न।

निमित्त प्रमुख चौधरिले खाल्डाखुल्डी मर्मत गर्ने कार्य आजै बाट गर्ने जानकारी दिदै क्षेत्र ठूलो तर बजेट कम रहेको बताए । उनले सडकका कारण दुर्घटना नहोस भन्ने तर्फ सचेत रहेको बताउदै ट्राफिक संकेतहरुलाई यथाशिघ्र अध्यावधिक गरिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

Nabintech