१६ बैशाख २०८१, आईतवार
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले गरयो पुरैना गाउको जग्गा कब्जा

भुमाफियालाई जग्गा सुम्पिन लागेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको बिरोध


  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८०, सोमबार ०७:५४

खजुरा बाँके:क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले बाँकेको खजुरा गाउँपालिका वाड नं. ६ पुरैनामा रहेको  जग्गा कब्जा गरेको छ । आईतवार उक्त जग्गामा झण्डा गाडदै पार्टिले उक्त जग्गा कब्जा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले कोहलपुर टाईम्सलाई जानकारी दिएको छ ।

२०२५ सालदेखि जनताले जोत भोग गर्दै आएको जमिन केही माफिया र दलालहरुको इसरामा खजुरा गाउँपालिकाले त्यहाँ जोतभोग गर्ने जोताहा किसानहरुलाई विभिन्न खाले प्रलोभन, डर धम्की देखाई उक्त जमिनलाई टेन्डरको नाममा भु माफियाहरुलाइ सुम्पन्ने निर्णय गरेको भन्दै बिरोध स्वरुप गर्दै उक्त निर्णयबाट स्थानिय सरकार पछि हटेर जोताहा किसानलाई जगा फिर्ता नगर्दा सम्मको लागि कब्जा गरेको जनाएको छ । साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले सो जग्गामा बिरोध जनाउदै कालो ब्यानर सहित झण्डा गाडेको छ ।

 

Nabintech