१९ बैशाख २०८१, बुधबार
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित


  • टाइम्स संवाददाता

  • २० भाद्र २०८०, बुधबार ०८:४२

पाल्पा : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। गएराति सम्पन्न मतपरिणाम अनुसार उनले ४७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाएका छन्। दुई मत अन्तरले कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताए।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भए। उनले ४५५ मत पाए। उनका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल (अनुप) ३०६, पुजन विश्वकर्मा (बाँके) ९८ र शान्तकुमार वली (रोल्पा) ५६ मत पाएका छन्।

उपसचिवमा पूर्ण बुढामगर (रोल्पा) र उपसचिवमा (महिला) लीला राना मगर(बर्दिया) विजयी भएका थापाले बताए।  यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन्। घिमिरे पनि कँडेल प्यानलका हुन्। एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन्.

पदाधिकारीमा एक उपसचिव afहेक अरु सबै पदमा राधाकृष्ण कडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।  सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित भइसकेका छन्। नवनिर्वाचित पदाधिकारीलाई आजै बिहान सपथग्रहण गराउने कार्यक्रम रहेको थापाले बताए। एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन ।

 

Nabintech