१८ बैशाख २०८१, मंगलवार
मानव बेचबिखन बिरुद्दको १७ औ दिवस कोहलपुरमा पनि मनाईयो

पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तरदेशीय बिबाह लगायत विभिन्न बहानामा नेपाली हरु बेचिदै


  • टाइम्स संवाददाता

  • २० भाद्र २०८०, बुधबार १५:२४

कोहलपुर,बाँके: मानव बेचबिखन बिरुद्दको १७औ दिवसका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ। यसैबिच बाँके जिल्लाको कोहलपुर नगरपालिकाकामा पनि बिभिन्न कार्यक्रम सहित आज मानव बेचबिखन नियन्त्रणका लागि कोहलपुर क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थितिमा दिवस मनाइएको हो।

बाँके जिल्लाको कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशको मात्र नभएर कर्णाली र सुदुरपश्चिम प्रदेशको समेत प्रवेशद्वार हो। भारतिय सिमानाकासङ्ग जोडिएको जिल्ला भएकोले मानवबेचबिखन तथा ओसारपसारको लागि ट्रान्जिन्ट पोइन्टको रुपमा बाँके जिल्लालाई लिने गरीएको छ।

मानव बेचबिखन बिरुद्दको १७औ दिवस आज कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाबेशिकरण उप शाखाको आयोजनामा बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर मानव बेचबिखन बिरुद्द काम गर्ने विभिन्न संघसस्थाको उपस्थितिमा र बिद्यालयका भाइबहिनीको सहभागीतामा र्‍याली सडक नाटक सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको हो।

पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तरदेशीय बिबाह लगायत विभिन्न बहानामा नेपालीहरु बेचिदै आएका छ्न । नेपालमा नया शैली र मार्ग प्रयोग गरेर मानव बेचबिखन र ओसारपसार भैइरहेको छ कतिपय अवस्थामा जान्ने बुझ्ने हुदाहुदै पनि ट्रापमा परेर मानव बेचबिखनमा परेको अवस्था आउने गरेको छ। इलाका प्रहरी कार्यलयका डिएसपी सुन्दर तिवारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि कोहलपुर बसपार्क भित्रका सबै होटेल लज र यहाँ बाट छुट्ने बसहरुमा स्टिकर टास गराइने र मानव बेचबिखन र ओसारपसार सम्बन्धि कुनै गतिविधि भए आफुहरुलाई या सरोकारवाला संघ सस्थाहरुमा खबर गर्न अनुरोध गरे ।

मानव बेचबिखन नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी तहबाट प्रयास भैइरहेको भएपनी अझै पनि समस्या यथावत नै रहेको छ ।
माइती नेपाल कि पुष्पा सुनारले बाँके जिल्लाको खजुरा कोहलपुर नेपालगन्ज विशेष गरेर मानव ओसारपसारको ट्रान्जिट पोइन्ट भएको बताउदै पालिका स्तरमै सबै वडाहरुमा सम्यन्त्र गठन गरेर यसको बिरुद्द अभियानका थुप्रै कार्यक्रम गरेको जानकारी दिएकी छिन।
कोहलपुर नगरपालिका हुँदै सिमा नाका भएर भारतमा जानेको लर्को एकदमै बढेको छ अशिक्षित व्यक्ति केही नजानेका भन्दा पनि पछिल्लो समय शिक्षित व्यक्तिपनी यसको शिकार भैइरहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको भनाई छ।

मानव बेचबिखन सम्बन्धिविभिन्न कार्यक्रम गर्दै आएपनी यो कार्य नरोकिएको आममानिसको बुझाइ रहेको छ। नेपालमा सम्बन्धित निकायले मानव बेचबिखन नियन्त्रणका लागि हरबखत कोसिस गरेको भएपनी समस्या समाधन गर्न चेतनामूलक कार्यक्रम लगायतका थप कार्यक्रम गर्न आवश्यक छ। साथै मानव बेचबिखन बिरुद्द कडा कानुनी व्यवस्थाका साथै प्रयाप्त जनचेतना जगाउनु पर्ने अन्तन्तै आवश्यक देखिन्छ।

Nabintech