३ जेष्ठ २०८१, बिहीबार
यी प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०८०, बिहीबार ०७:३१

काठमाडौं : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Nabintech