३ जेष्ठ २०८१, बिहीबार
कोहलपुर नगर प्रमुखलाई राप्रपा नेपालको ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०८०, बिहीबार १४:२७

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका प्रमुखलाई राप्रपा नेपाल कोहलपुर नगर समितीले एक बिज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक सौचालयका बिषयमा ध्यानाकर्षण गराएको छ । राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा कोहलपुर नगरपालिकाको मुख्यआकर्षण चौराह र र मुल चोकमै बाँके युनेस्को क्लवको सहयोगमा निर्मित अत्याधुनिक भनिएको शौचालयमा पानी उपलब्ध हुन नसकेको सडकमा हिडने बटुवा र यात्रुहरुलाई समेत सहज,सेवा र कोहलपुर चौराह क्षेत्र लागि दिसा पिसाब मुक्तक्षेत्र बनाउने योजना अनुसार लाखौंको बजेट लगानी गरि आकर्षक र व्यवस्थित रुपमा शौचालय निर्माण सम्पन्न भएको महिनौ दिन बितिसक्दा पनि पानीको व्यवस्थापन नहुदाँ सर्वसाधारणले सास्ति पाएको उल्लेख गरिएको छ ।

नि:शुल्क सार्वजनिक शौचालय कोहलपुर चौराह किन प्रयोगमा आउन सकिरहेको छैन् भन्दै नगर अध्यक्ष श्रेष्ठले सर्वसाधारण यात्रुहरुले शौचालय बन्द हुदा अति सास्ती भोग्नु परेको उल्लेख गरेका छन । कतै नि:शुल्क भएर लापरबाही भएको पो हो की, या उट्घाटन गर्ने समय अभावले पानीको ब्यबस्था गर्न नसकिएको हो यस तर्फ ध्यानाकर्षण हुन जरुरी छ भन्दै तत्काल आवश्यक पानीको व्यवस्थापन गरि नि:शुल्क सार्वजनिक शौचालय सडक यात्री सर्वसाधारणहरुको निम्ति प्रयोगमा ल्याउन नगर प्रमुखको ध्यानाकर्षण सहित सुझाव व्यक्त गर्दछौं बिज्ञप्तिमा अगाडि भनिएको छ ।

निर्माण योजनामा बजेट छुट्याउन सक्ने नगरले निर्माण सम्पन्न पछि सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व पनि उत्तिकै रहने भन्दै राप्रपा नेपाल कोहलपुर नगर समितीले नगर प्रमुखको ध्यानाकर्षण गरिएको जनाएको छ ।

Nabintech