३ जेष्ठ २०८१, बिहीबार
मानव बेचबिखन विरुद्धको १७ औ राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्जवलन

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०८०, बिहीबार १५:३९

कोहलपुर,बाँके:मानव बेचबिखन विरुद्धको १७ औ राष्ट्रिय दिवसका अवसरमा सामाजिक न्याय र आर्थिक सशक्तीकरण , मानव बेचबिखन निर्मुलन भन्ने मुल नाराका साथ बुधवार कोहलपुर न्युरोड चोकमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरिएको छ ।

दीप प्रज्जवलन कार्यक्रममा समाज सुधार कार्यक्रम नेपाल,महिला उपकार मंच ,मेची महाकाली बुहारी संजाल,अपाङ्ग नबजिवन केन्द्र ,थ्री अन्जल नेपाल ,साना हातहरु नेपाल,भोलेन्टरी सोसाइटी बाँके,साझा चौतारी,नगर स्तरिय बाल क्लब सन्जाल,युवा क्लब संजाल,मेरि स्टोप सेन्टर,गैसस महासंघ बाके, युनेस्को क्लब लगायत बिभिन्न संघ सस्थाको सहभागितामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरिएको हो ।

अघिल्ला बर्षहरुमा यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु मनाउदा स्थानीय सरकारको आयोजनामा बिभिन्न सामाजिक संघ सस्थाको समन्वयमा हुने गरेको भएपनि यस बर्ष भने फरक फरक आयोजक बनेर बिबिध कार्यक्रम गरि मानव बेचबिखन विरुद्धको १७औ राष्ट्रिय दिवस मनाईएको छ ।

दिप प्रज्जवल कार्यक्रममा स्वागत मन्तव्य भोलन्टरी सोसाइटी बाँकेका दिनेशराज उपाध्याय गरेका थिए भने कार्यक्रमको बारेमा समाज सुधार कार्यक्रम नेपाल कोहलपुरका सचिव तथा गैरसरकारी सस्था महासङ्ह लुम्बिनी प्रदेश सदस्य शंकर न्यौपानेले प्रकाश पारेका थिए । एक सय भन्दा बढि सामाजिक अभियान्ताहरुको उपस्थितीमा आयोजित कार्यक्रममा महिला उपकार मन्च बाँके कि अध्यक्ष चन्द्रकला न्यौपाने समेत आफनो मन्तब्य राखेकि थिईन ।

Nabintech