१८ बैशाख २०८१, मंगलवार
कोहलपुरका लिपिबद्ध कार्ययोजना कार्यान्वयनमा किन आशंका !

नगर विकास समिती कोहलपुरले लिएको लगतबाट १६७ घर धुरी भुमिहिन दलित, १५६ घर धुरी भुमिहिन सुकुम्वासि र ३९८ घर धुरी अव्यवस्थित बसोवासि रहेको पाईएको तथ्यांक


  • प्रमोद रिजाल

  • २२ भाद्र २०८०, शुक्रबार १२:५१

कोहलपुर,बाँके:  कोहलपुर नगरपालिकामा युवाहरुको नेतृत्वको सक्षम सरकार छ, युवाहरुले कोहलपुरलाई केहि न केहि नयाँ काम दिने हुटहुटिमा छन तर जुन काम पनि तोकिएको समयमा कार्यान्वयन हुन नसकेपछि भने आम नागरिकहरुमा निराशा, आक्रोश र अविश्वासको वातावरण बन्दै गएको छ ।

हिज विहिवार मात्रै कोहलपुरको स्थानिय सरकारले स्थानीय स्तरमा उत्पादित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि परित गरि सार्वजनिक गरेको छ । सार्वजनिक कार्यबिधिले भने जस्तै नगरपालिकाबाट इजाजत पत्र लिएको भएतापनि नगरपालिकाको स्वास्थ्य, शिक्षा, सरकारी कार्यालय, धार्मिक स्थल र पुरातात्वीक महत्वका क्षेत्रहरुमा मदिराजन्य पदार्थ विक्री वितरण निषेधित क्षेत्र घोषणा गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिले सार्वजनिक कार्यक्रम, सार्वजनिक स्थल, सभा, समारोह, मेला, महोत्सव, धार्मिक कार्यक्रम, शैक्षिक कार्यक्रम, खेलकुद, भेला, सम्मेलन, गोष्ठि, कार्यशाला, कन्सर्ट जस्ता कार्यक्रममा मदिरा सेवन तथा बेचविखनमा समेत प्रतिबन्ध लगाइएको छ ।

यो प्रतिबन्ध सकारात्मक समाज निर्माणका लागि नगरपालिकाको उदाहरणीय कार्य भएको कोहलपुर क्षेत्रका अगुवा तथा सामाजिक अभियान्ताहरुले बताएका छन ।
उनीहरुले कार्यान्वयनमा भने शंका रहेको भन्दै २०७५ सालमा गुट्का निशेधित क्षेत्र घोषणा जस्तो नहोस भन्ने प्रतिक्रिया समेत ब्यक्त गरेका छन । युवा नेता अर्जुन जंङ शाहले यो कार्यबिधि कार्यान्यनमा आएपछि कोहलपुरको गौरवको योजना नयाँ बसपार्क क्षेत्रमा ब्यापार ब्यबसायीलाई भने असर गर्ने जनाएका छन । उता नगर प्रमुखले विहिवारको बैठकमा यस बिषयमा कुरा उठेपछि  नयाँ बसपार्क क्षेत्रमा मदिरा बिक्रि वितरण गर्न नपाईने रोक लगाउने तयारी भएको बताएका सामाजिक अभियान्ता भुम भण्डारीले जनाएका छन ।

भण्डारीका भने सघिय कानुन यो देशको स्वरोजगार उत्पादन हित बिपरित भएको र प्रदेश सरकार तथा केहि स्थानिय निकाय हरु घरेलु मदिरालाई आधिकारिक ब्राण्डिङ्ग गरेर उधमशिलता र उत्पादन बढाउदै आर्थिक सम्बृद्धि सङ्ग जोडनुपर्छ भन्ने बहसमा उत्रेको समयमा यो ऐन पुर्ण कार्यान्वयन गर्न स्थानिय सरकारलाई सम्भवतः कठिन हुने आशंका ब्यक्त गर्छन ।

यसरी यो कानुन निर्ममतापुर्वक लागु भए नयाँ बसपार्क क्षेत्रका खाजा नास्ता सञ्चालन गरेका होटल ब्यापारीहरु सबै भन्दा बढि प्रताडित हुनेमा दुई मत छैन यद्यपि नगर सरकारले शान्ति सुरक्षा कायम गर्न पनि सार्वजनिक स्थल नयाँ बसपार्कमा मदिरा बिक्रि वितरण र सेवनमा पावन्दि लगाउनै पर्ने धाराण ब्यक्त गर्छन राप्रपा नेपालका कोहलपुर नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ ।

निमुखा,निम्न वर्गहरुमध्य अधिकासं घरपरिवारहरुको जिविकोपार्जनको माध्यम बनेको घरेलु मदिराप्रति स्थानीय सरकार ले ध्यान दिन र उत्पादन गरिने घरेलु मदिराको गुणस्तर मापन गरि बजार व्यवस्थापन पनि गर्न जरुरी छभन्दै रुेष्ठले घरेलु मदिरा भन्दैमा नराम्रो पक्षको नजरबाट मात्रै नहेरि गरिब घरपरिवारको जिविको पार्जनको माध्यम बन्न गएको यर्थात पनि हेर्नुपर्ने  श्रेष्ठले बताएका छन । उनले त्यसको स्थानीय स्तरमा उत्पादन गरिने घरेलु मदिराजन्य पर्दाथलाई वैधानिकता प्रदान गरि ब्राण्डीङ्ग गर्ने निति बनाउन वा आवश्यक संसोधन गर्न पर्ने सुझाव समेत दिएका छन ।

यसै बिच नगरपालिकाले अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुर ३ ख मा पर्ने ३६ विगाह क्षेत्रको जग्गामा अतिक्रमित गरि बनाएका घर टहराहरु हटाउन सुचना जारी गर्यो । आफै खालि नगरिए राजनैतिक दल, प्रहरी प्रशासन लगाएर हटाउने समेत सुचनामा उल्लेख गर्यो तर सुचनाको म्याद सकिदै गर्दा अर्को सुचना लगत संकलनका लागि भन्दै ५ दिनका दिनको सुचना प्रकाशित गरि लगत समेत लिई त्यहाँ बसोवास गर्नेहरुको लगत संकलन भई उक्त स्थानमा वसोवास गर्नेहरुको बर्गिकरण समेत गरिएको छ ।
यसरी लिईएको लगतबाट १६७ घर धुरी भुमिहिन दलित, १५६ घर धुरी भुमिहिन सुकुम्वासि र ३९८ घर धुरी अव्यवस्थित बसोवासि रहेको पाईएको तथ्यांक संकलन भएको छ । यो तथ्यांकलाई मालपोत कार्यालय बाँकेमा पठाई भिडान गराएर मात्र उक्त स्थानको जग्गा खालि गर्ने कोहलपुर नगरले तयार गरेको छ । यो तथ्यांक अनुसार प्रमुख जिल्ला अधिकारीसंगको बैठक पछि अव्यवस्थित बसोवासिहरुलाई पहिलो चरणमा उक्त ठाउबाट हटाईने भएको छ ।

यस खालको लामो प्रक्रियामा गएपछि केहि कोहलपुरका युवाहरुले आफनो सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया ब्यक्त गरेका छन । नागरिक उन्मुक्ति पार्टिका जिल्ला सचिज भुम भण्डारीले कोहलपुर गा वि स होइन भन्दै अब त नगरपालिका हो स्थानिय सरकार बनि सक्यो निति बनाउने कार्यान्वयन गर्ने हो भन्ने उल्लेख गरेका छन । उनले संघिय सरकारको आशा गर्ने अवस्था नआउनुपर्ने हो तर कोहलपुरमा त्यहि अवस्था छ भन्ने टिप्पणी गरेका छन । सर्वपक्षिय, सर्वदलिय सबैको अतिक्रमन सम्बन्धि सकारात्मक सहमति र एकरुपता रहेको अवस्थामा पनि निर्णय कार्यान्वयन मा देखिएको असमन्जस्यता देखेर आश्चर्य छु उनले अगाडि भनेका छन ।

स्वतन्त्र युवा समाजसेवि  अर्जुन जंग शाहले समेत यो नगरविकास समितीको जग्गा कब्जा गरि बसेका भनिएका अन्तराष्टिय क्रिकेट मैदान वर परका जग्गा खालि गर्ने बारेको सुचना १२ गते सकिएको र १२ गते नै बास्तविक सुकुम्वासिले लगत दिन भन्दै ५ दिन थप गरिएको म्याद पनि गुज्रेको थियो भन्ने उल्लेख गरेका छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुक पेजमा म्याद गुज्रेको अबधिभित्रै हिजो २१ गते नगरमा बैठक बसि उक्त स्थानमा बसोबासिहरुको अबस्थाका बारे बर्गिकरण गरिएका रहेछ । पहिलो चरणमा अव्यवस्थित लाई उठाउने तयारी हुदैछ। त्यो पनि जिल्ला प्रमुख जिल्ला अधिकारीसंगको बैठक पछि रे अनि सर्बदलिय, सर्वपक्षिय भेलाको औचित्यमाथि प्रश्न उठेन र र?  अझ ७२१ घरधुरि मा ३९८ लाई मात्रै उठाउने भएपछि बाँकिले त्यहि राज गर्ने हुन् ? यदि त्यसो हो भने छोड्दिनुस् मेयरसाब, कसैलाई काख अनि कसैलाई पाखा नगर्दा कसो होला भन्दै प्रति प्रश्न समेत गरेका छन ।

 

Nabintech