१८ बैशाख २०८१, मंगलवार
समता स्कुल कोहलपुरमा स्टाफ नर्स सहित अध्यापन

न्युनतम शुल्कमा गरिव जेहेन्दार वालवालिकाहरुलाई अध्यापन गराउदै समता कोहलपुर


  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८०, शुक्रबार १३:३८

कोहलपुर,बाँके: कोहलपुरमा रहेको समता स्कुलले आफनो विद्यालयमा अध्यनरत वालवालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा स्टाफ नर्स पद क्रियट गरि सेवा संञ्चालनमा ल्याएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा २०७३ सालमा स्थापना भएको समता स्कुलले सबै कक्षाहरुमा न्यूनतम शुल्कमा अध्यापनसंगै नर्स सहितको स्वास्थ्य सेवा समेत दिन लागेको हो ।

स्वास्थ्य सेवाबाट मासिक रुपमा अभिभावहरुको स्वास्थ्य समेत परिक्षण गरिने कुरा विद्यालय संचालक रबि रोकायाले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन। आज हामी खुसी छौँ,आजबाट स्कुलमा नर्स सहितको स्वास्थय सेवा विस्तार गरेका छौँ ‘ रोकायाले भने।

स्कुल नर्स सहितको स्वास्थ्य सेवाबाट विद्यालयमा धेरै राम्रो प्रभाव देखिएको विद्यालय प्र.अ. लक्ष्मी पौडेलले बताईन । प्रत्येक शुक्रबार वालवालिकाहरुको हरुको आधारभूत स्वास्थ्य सेवा मार्फत तौल नाप ,अक्सिजनको मात्रा ,पेसर ,ज्वरो लगाएत परिक्षण सहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरुको समेत स्वाथ्य परिक्षण गरिने विद्यालयले जनाएको छ ।
स्वास्थ्य नै मानिसको धन हो भन्ने युक्तिलाई आत्मसाथ गरेको विद्यालयले मासिक शुल्क एक सयमा अध्यापन गराउदै आइरहेको छ भने विद्यालयले कोराना संक्रमण पश्चात अभिभावक भेला मार्फत सम्पूर्ण कक्षाको लागि समान तथा न्यूनतम शुल्कमा पठन पाठन गराइरहेका छ । विद्यालय इन्चार्ज मिरा चन्द्रका अनुसार सबै कक्षामा न्यूनतम शुल्क लिने विद्यालय नेपालको एक मात्र विद्यालय समता भएको जानकारी समेत दिएकी छिन ।

विद्यालयले आफना वालवालिकाहरुलाई कप्यूटर ल्याब,अडियो भिडियो , प्रोजेक्ट वर्क , समाचार वाचन , बाद विवाद प्रतियोगिता, दृश्य अवलोकन लगाएत अतिरिक्त क्रियाकलाप मार्फत अतिरीक्त ज्ञान समेत दिंदै आएको छ । समता स्कुल देशका ७७ जिल्ला सहित भारत, श्रीलंका,म्यानमार,बंलालेशमा समेत संचालनमा छ ।

 

Nabintech