१८ बैशाख २०८१, मंगलवार
कोहलपुरको बेलनपुरमा सर्वसम्मत बिद्यालय ब्यबस्थापन समिती चयन

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८०, शुक्रबार १५:४०

कोहलपुर, बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ बेलनपुरमा रहेको हिमालय गरिब नवाज आधारभुत बिद्यालयमा बिद्यालय ब्यवस्थापन समिती सर्व सम्मतीका साथ चयन भएका छन ।यस अघिका बिद्यालय ब्यबस्थापन समिती चयन गर्दा चुनावी प्रक्रियामा जानु परेकोमा यस पटक सर्व सम्मत चयन भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र के सिले कोहलपुर टाईम्सलाई बताए ।

उनका अनुसार हाललाई ४ जना चयन गरिएको र जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसि थप दुई जना चयण गरिने छ । आज शुक्रबार विद्यालयको प्रांगणमा भेला भएका अभिभावकहरुले खुल्ला पुरुषतर्फ सौकात अलि बेडुवा र गुड्डु बेडुवालाई चयन गरेको छ भने महिला तर्फ रामकलि विक र सुन्दरी थारु बेडुवालाई चयन भएका हुन ।
बिद्यालयमा आयोजित अभिभावक भेलालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले विद्यालयको शैक्षिक गतिबिधि चलाएमान बनाउन बिद्यालयको कार्यबिधि अनुरुप खर्च गर्नेगरि भन्दै आफनो ब्यक्तिगत रुपले एक लाखको अक्षयकोष समेत खडा गर्ने घोषणा गरेका छन ।

अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट बिद्यालयको कार्यबिधिको अधिनमा रहि बिद्यालयमा अध्यनरत छात्रछात्रहरुलाई शैक्षिक सामाग्रि वितरण वा आबश्यकता अनुसार खर्च गर्ने बिद्यालयका प्रधानाध्यापक केसिले बताए । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एबं कोहलपुर वडा नं. ४ का अध्यक्ष मुवारक अलि गुजरको अध्यक्षतामा आयोजित अभिभावक भेलामा १५० जना भन्दा बढि अभिभावकहरुको सहभागिता रहेको बिद्यालयले जनाएको छ ।

Nabintech