१८ बैशाख २०८१, मंगलवार
बाँकेको शमशेरगञ्जमा दुर्घटना ७ को मृत्यु २९ घाईते (मृतकको नामावली)

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार ०६:०६

कोहलपुर,बाँके: पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका-८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

Nabintech