९ जेष्ठ २०८१, बुधबार
गौ हत्याको बिरोधमा चितवनमा वृहत रयाली सहित प्रदर्शन

हजारौ मानिस सहभागी


  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १६:४५

चितवन: गौ हत्याको बिरोधमा शनिबार चितवनमा वृहत  रयाली सहित प्रदर्शन गरिएको छ । नेपाल सन्त समाजको आयोजनामा भएको वृहत  रयाली सहित प्रदर्शनमा हजारौं हिन्दुवादी सनातनीहरुले प्रदर्शन गरेका हुन् ।

नारायणी नदी किनारमा हुने बिरोध सभामा सहभागी हुनु अघि बजारमा  रयाली सहित प्रदर्शन गरेका थिए । भरतपुरको केन्द्रिय बस टर्मिनलमा भेला भई शुरु गरिएको  रयाली हाकिमचोक, चौबिसकोठी, बिरेन्द्र क्याम्पसगेट, लायन्सचोक, शहिदचोक, पुल्चोक हुदै नारायणी नदी किनारमा पुगेर बिरोध सभामा सहभागी भएका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले गौवंश वधगर्न पाईदैन, धर्म निरपेक्षता चाहिदैन, बिधर्मिको अतिक्रमण बन्द गर, संविधानको पालना गरौं, गौवंश हत्याको बिरोध गरौं, ॐकार परिवार एक हौ लगायतका नारा लेखिएको प्लेकार्ड तथा व्यानरहरु सहित नारा लगाएका थिए ।

रयालीमा हिन्दु सनातनका धर्म गुरुहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

Nabintech