८ जेष्ठ २०८१, मंगलवार
गोरखा स्कुलको २२ औं बार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १८:१२

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलको २२ औं बार्षिक साधारण सभा आज शनिवार विद्यालयको सभा हलमा सम्पन्न भएको छ ।

बिद्यालयका सञ्चालक तथा शेयरधनिहरू अधिकांश  बेलायत  तथा अन्य देशहरुमा रहनुभएका कारण  प्रत्यक्ष तथा अप्रत्यक्ष अनलाईन माध्यमबाट सहभागिता जनाई भएको बिद्यालयको २२ औं बार्षिक साधारण सभामा पञ्चबर्षिय कार्य योजनामा छलफल गर्दै कार्यान्वयन गर्ने गरि भब्यरूपमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षतामा आयोजित २२ औं बार्षिक साधारण सभा गोरखा युनाईटेड पब्लिक स्कुलका बिभिन्न शैक्षिक तथा भौतिक प्रगतिका बारे सञ्चालक एबं शेयरधनिहरुमाझ प्रस्तुत समेत गरिएको थियो ।

बिद्यालयले प्लस टु सम्म अध्यापन गराउदै आएको छ भने आफनै लगानिमा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टरको स्थापना गरि कृषि बिज्ञान संकायमा बिएस्सि एजि समेत अध्यापन गराउदै आएको छ ।

Nabintech