३० बैशाख २०८१, आईतवार
साहित्यकार राजापुरीको सम्झनामा बर्दियामा साहित्यिक जमघट

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १८:१७

बर्दिया: राजापुर साहित्य प्रतिष्ठानले शनिवार प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५ औं जन्म जयन्तिको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना गर्यो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले प्रकाश राजापुरीको साहित्यक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनु पर्ने बताए । ढकालले राजापुरीको लेखनमा माटोको सुगन्ध भेट्टिने भन्दै राजापुर नगरपालीकाले राजापुरीको साहित्यिक योगदानलाई सम्झनु पर्ने बताए ।

साहित्यकार खगेन्द्र गिरि कोपिलाले राजापुरको व्याक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै मूल्चोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नुपर्ने बताए ।

राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले सभापतिको मन्तव्य राख्दै राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताए । कार्यक्रममा प्रकाश राजापुरीका पुत्र आलोक गुप्ताले राजापुरीको व्यैयक्तिक जीवन बारे बोलेका थिए ।

कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल हीरामणी, सुभास दहित, सन्तोष रेग्मी, श्याम शराबी र सहदेव चौधरी समेतका स्रस्टाहरुले नेपाली र थारु भाषामा रचना सुनाएका थिए ।

Nabintech