११ श्रावण २०८१, शुक्रबार
रझेना खानेपानीको साधरण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १९:४६

कोहलपुर,बाँके: बाँकेको कोहलपुर ३ स्थित विकासनगरमा रहेको रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तेस्रो साधरण सभा आज शनिबार विकासनगर समितीको प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपाकिलाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिले घर घरमा शुद्ध खानेपानी सेवा पुर्याएको पुरयाएर जनताको आधारभुत आबश्यकता पुर्ति गरेको बताका छन । उनले समितिले कोहलपुर नगरपालिका ३ र ४ का उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँचमा  महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजनाबाट थप लाभ लिन समेत उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।

उदघाटन शत्रलाई नेपाली काङग्रेसका जिल्ला सभापति नारायण गौंडेल, नेकपा एमालेका नेता बलराम भट्टराई लगाएत बिभिन्न दल संबद्ध नेताहरुले सम्बोधन गरेका थिए । साधारण सभाको उदघाटन सत्रमा खानेपानी आयोजनामा योगदान पुरयाएको भन्दै समितिका सदस्य तथा पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मान पत्र गरिएको थियो ।

साधारण सभामा रझेना खानेपानी उपभोत्ता तथा सरसफाई समितिका अध्यक्ष बिष्णु खरेलले वार्षिक प्रतिवेदन पेश गर्दै हाल यस संस्थामा १ हजार दुईसय १७ जनाले सदस्यता लिइ सकेको र सदस्यता लिने क्रम जारी नै रहेको बताएका छन । उनले हाल यस संस्थामा १७ जनाको कार्य समिति रहेको समेत जानकारी दिए ।

कोषाध्यक्ष तारा चन्द शाहिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आयोजना संचालन भएका घर घरमा गुणस्तरयुक्त खानेपानी पुगेको दावि गरिन । उपभोक्ता समितिको साधारण सभा तथा अधिवेशन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरीने छ । साधारण सभाको उदघाटन सत्र संस्थाका अध्यक्ष बिष्णु खरेलको अध्यक्षतामा सम्पन्न भएको हो भने आजै बन्दशत्र समेत जारी गरिएको समितीले जनाएको छ ।

Nabintech