८ जेष्ठ २०८१, मंगलवार
ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा

शुक्रवार भएको सडक दुर्घटनामा परि बर्दियाका ७ जनाको मृत्यु भएको थियो


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०८०, आईतवार १०:०४

भुरिगाउँ,बर्दिया: बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले एक सुचना जारी गर्दै हिज शनिबार बाँकेको राप्ति सोनारी ८ शम्शेरगञ्मा भएको सडक दुर्घटनामा मृत्यु भएका आफनो नगरपालीका वासिको शोकमा बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

बर्दिया बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको निधन प्रति श्रद्धाञ्जली दिनका निम्ति नगरपालिकाभरी बिदा दिईएको रिजालले कोहलपुर टाईम्सलाई भने ।

शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका ८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न नखुलेका सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको थियो । बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराका उनीहरू दाङबाट बर्दिया जाँदै गरेकाथिए।

Nabintech