६ जेष्ठ २०८१, आईतवार
मुक्त कमैयाका जग्गा अंशबण्डा तथा बेचबिखन गर्न पाउनुपर्ने

सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०८०, आईतवार १९:४६

काठमाण्डौ: क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले मुक्त कमैयाहरुको थातथलो भन्दै १८ बर्ष अघि सरकारद्धारा वितरण गरेको जग्गा जमिन अंशबण्डा, बकस पत्र , दान दातव्य एबं बेचविखन गर्न दिनुपर्ने भन्दै भुमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका छन ।

करीव १८ बर्ष अघि सरकारले वितरण गरेको जग्गाको लालपुर्जामा नै उल्लेख गरि जग्गाको हक हस्तान्तरण, बेच विखन वा कुनै दान दातव्य १० बर्ष सम्मका लागि नगर्ने नगराउने उल्लेख गरेको भएपनि १८ बर्ष विति सक्दा पनि हस्तान्तरण वा बिक्रि वितरण गर्ने बारेको फुकुवा पत्राचार नभएको उल्लेख गर्दै माननिय सांसद ढकालले बैंक कारोवार अंश बंडा गर्न जग्गा फुकुवा गर्न आग्रह गरेका छन । उनले यस अघि समेत फुकुवाका लागि आग्रह गरिएको भएपनि मुक्त कमैयाहरुलाई बिभिन्न काम काज गर्न कठिनाई भएको उल्लेख गरेका छन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरका २७ हजार ५ सय ७० कमैया परिवार ‘दासत्व’ बाट मुक्त भएका थिए। कमैया मुक्ति भएको २३ वर्ष पुग्दा समेत कैलाली, कञ्चनपुर, बर्दिया र दाङका कतिपय मुक्त कमैयाहरु पुनःस्थापनाको पर्खाइमा रहेका छन्।

Nabintech