८ जेष्ठ २०८१, मंगलवार
नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँ सहित एक सरकारी अधिकृत पक्राउ

अर्को अधिकृत फरार


  • टाइम्स संवाददाता

  • २५ भाद्र २०८०, सोमबार १०:३८

नेपालगन्ज: नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँ सहित एक नेपाल सरकारका अधिकृतलाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी नारायण डाँगीले जानकारी दिए ।

‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए । चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु. २६ लाख रुपैयाँ बरामद भएको हो ।

अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Nabintech